ब्राजिल विश्वकपको नकआउट चरण नजिक, कोस्टारिका स्तब्ध

रसिया । फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल नकआउट चरण नजिक पुगेको छ । 

सेन्ट पिटसवर्ग स्टेडियममा भएको समूह ‘इ’ को दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २—० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भाबनालाई बलियो बनाएको हो ।

ब्राजिलका लागी फिलिप कौटिन्हो र नेयमार नायक बने । कौटिन्होले अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरे ।

उनले डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बलले गोलपोष्टको जाली चुमेको थियो । निकै रोमाञ्चक बनेको खेल सकिनै लाग्दा नेयमारले गोल गदै टिमलाई जित दिलाउन सफल भए ।

विश्वकपमा ब्राजिलको यो पहिलो जित हो । यसअघि सम्पन्न पहिलो खेलमा ब्राजिल स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरीमा रोकिएको थियो ।

जितपछि ब्राजिलले ४ अंक बनाएको छ । अब ब्राजिलले समूह चरणको अन्तिम खेलमा सर्वियासँग खेल्नेछ । हारसगै कोस्टारिका समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?