रसिया । २१ औ संस्करणको फिफा विश्वकप फुटबलमा नाइजेरियाले पहिलो जित हात पारेको छ ।
भाल्गोग्राड एरिनामा शुक्रबारराति सम्पन्न समूह ‘डि’ को दोस्रो राउण्डको खेलमा नाइजेरियाले अप्रत्यासित नतिजा निकाल्दै आइसल्याण्डलाई २—० गोल अन्तरले पराजित गर्यो । जितपछि नाइजेरियाले महत्वपूर्ण ३ अंक बटुलेको छ । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए ।
दोस्रो हाफ सुरु भएको ४ मिनेट पनि बित्न नपाउदै नाइजेरियाका अहमेद मुसाले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाए । उनले भिक्टोर मोसेसले दिएको पासलाई सदुपयोग गदै गोल गरे । त्यस्तै, ७५ औ मिनेटमा पुनः मुसाले गोल गरे ।
निर्धारित समयसम्म आइसल्याण्डले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल २—० ले हार्यो । यसअघि भएको समूह चरणको पहिलो राउण्डको खेलमा नाइजेरिया क्रोएसियासँग २—० ले पराजित हुदै अंक विहिन बनेको थियो । जितपछि ३ अंक जोडेको नाइजेरियाले अघिल्लो चरण प्रवेशको सम्भाबनालाई जिवितै राखेको छ ।
६ अंक बनाएको क्रोएसिया एक खेल खेल्नु अगाबै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरिसकेको छ । समान १—१ अंक बनाएको आइसल्याण्ड र अर्जेन्टिना क्रमशः तेस्रो र चौथो स्थानमा छ । यता पूर्व विश्व च्याम्पियन अर्जेन्टिनाको प्रि—क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भाबना न्युन रहेको छ ।
समूहको अन्तिम खेलमा अर्जेन्टिना र नाइजेरिया आमने—सामने हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया