रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज साँझ बेल्जियमले ट्युनिसियाको सामना गर्दैछ ।
स्पार्टक स्टेडियममा हुने समूह ‘जी’ को खेलमा बेल्जियमले ट्युनिसियासँग आज साँझ ५ः४५ बजेपछि भिड्दैछ । समूह चरणको पहिलो खेलमा पानामामाथि ३–० को सानदार जित हात पारेको बेल्जियम दोस्रो खेलमा विजयी भए अन्तिम १६ मा पुग्नेछ ।
बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले पानामा विरुद्धको खेलमा २ गोल गरेका थिए । ट्युनिसिया विरुद्ध पनि लुकाकुले राम्रो प्रर्दशन गरेको अवस्थामा बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गर्नेछ ।
यता ट्युनिसिया पहिलो खेलमा इंग्ल्यान्डसँग २–१ गोलले पराजित भएको थियो । ट्युनिसियाले आज साँझको खेलमा जित दर्ता गराए दोस्रो चरणमा पुग्ने आशालाई जिवितै पार्नेछ । विश्वकप इतिहासमा बेल्जियम र ट्युनिसिया चौथो पटक आमने—सामने हुदैछन् ।
यसअघि दुवै टोलीले १—१ खेल जितेका छन् भने १ खेल बराबरीमा सकिएको छ । सन् १९७८ मा आफ्नो पहिलो विश्वकप सहभागिता मै मेक्सिकोविरुद्ध ऐतिहासिक ३–१ को जित निकालेको ट्युनिसियाले त्यसयता १२ खेलमा जित हासिल गर्न सकेको छैन ।
जसमा ८ खेल हारेको छ भने ४ खेल बराबरी खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया