काठमाडौं । जारी २१ औ संस्करणको विश्वकप फुटबलमा अहिलेसम्म कति टिमले नकआउट चरणको यात्रा तय गरे कति टिम बाहिरि भन्ने सबै फुटबल प्रेमी दर्शकहरुको जिज्ञाशाको विषय हुन सक्छ । तपाईका यस्ता जिज्ञाशा र चासोलाई हामी मेटाउने छौं ।
अहिलेसम्म विश्वकपमा ५ टिम बाहिरिसकेका छन् भने ४ टिमले प्रि—क्वाटरफाइनलको यात्रा तय गरिसकेका छन् । इजिप्ट जारी विश्वकप फुटबलबाट बाहिरिने पहिलो टोली बनेको छ । यता कोस्टारिका अन्तिम टिम बनेको छ ।
समूह ‘ई’ को २ खेलमा लगातार हार बेहोरेको कोस्टारिकाको विश्वकप यात्रा समूह चरणमा नै सिमित भयो । समूहको दोस्रो राउण्डको खेलमा उपाधी दाबेदार ब्राजिलसँग २—० गोलले पराजित भएसँगै कोस्टारिकाको विश्वकप यात्रामा पूर्णविराम लागेको हो ।
त्यस्तै, यसअघि समूह ‘ए’ बाट आयोजक राष्ट्र रसिया र उरुग्वे राउण्ड अफ सिक्सटिनमा प्रवेश गरिसकेको छ । समूह ‘सी’ बाट फ्रान्स र समूह ‘डी’ बाट क्रोएसिया पनि अघिल्लो चरणमा पुगिसकेको छ ।
प्रि—क्वाटरफाइनलमा प्रवेश गर्ने टिम
रसिया
उरुग्वे
फ्रान्स
क्रोएसिया
समूह चरणबाटै बाहिरिएका टिम
साउदी अरेबिया
इजिप्ट
मोरक्को
पेरु
कोस्टारिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया