रसिया। बेल्जियम जारी फिफा विश्वकप फुटबलको प्रि—क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्पार्टक स्टेडियममा भएको समूह ‘जी’ को खेलमा बेल्जियमले ट्युनिसियालाई ५—२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । खेल सुरु भएको ६ मिनेटमा पनि बित्न नपाउँदै बेल्जियमले पेनाल्टी हान्ने अवसर पायो ।
फ्रकेदिन बेन युसेफले डिबक्स एरियामा फउल गरेपछि बेल्जियमले पेनाल्टी पाएको थियो । सो अबसरलाई इडेन हजार्डले सदुपयोग गर्दै गोल पोष्टको जाली चुमाएका थिए । १६ औ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । यता खेलको १८ औ मिनेटमा ट्युनिसियाका लागी ब्रोनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई २—१ को स्थितीमा ल्याए ।
ब्रोनले गरेको यो पहिलो अन्तराष्ट्रिय गोल हो । पहिलो हाफ सकिनै लाग्दा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३—१ स्थितिमा पुर्याए । त्यस्तै, ५१ औ मिनेटमा लुकाकुले गोल गरे । रोमाञ्चक बनेको खेलको ९० औ मिनेटमा मिची बात्सुयीले गोल गर्दै खेललाई ५—१ मा पुर्याउन सफल भए ।
त्यस्तै, खेल सकिनै लाग्दा ट्युनिसियाका वाह्वी खाज्रीले सान्त्वना गोल गरेपनि त्यो जितका लागी प्रयाप्त भएन् । लुकाकुले जारी विश्वकपमा आफ्नो गोल संख्या ४ पुर्याएका छन् । स्ट्राइकर लुकाकुले यसअघि पानामा विरुद्धको खेलमा २ गोल गरेका थिए।
जितपछि बेल्जियमले ६ अंक बनाएको छ । इंग्ल्याण्डको ३ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया