मेक्सिको विश्वकपको नकआउट चरण नजिक , कोरिया बाहिरियो

रसिया । २१ औ संस्करणको फिफा विश्वकपमा मेक्सिकोले आफ्नो अपराजित यात्रा कायमै राख्दा दक्षिण कोरिया भने प्रतियोगिताबाट बाहिरिएको छ । 

रोस्तोभ एरिनामा शनिबारराति भएको समूह ‘एफ’ को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २—० गोल अन्तरले हराउदै अन्तिम १६ मा प्रवेश गर्ने सम्भाबनालाई बलियो बनाएको हो । खेलको २६ औ मिनेटमा मेक्सिकोका लागी कार्लोस भेलाले पेनाल्टीमार्फत पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

कोरियाका जाङ ह्योन्सोले पेनाल्टी एरिया भित्र ह्याण्ड गरेपछि रेफ्रिले मेक्सिकोलाई पेनाल्टी हान्ने मौका दिएका थिए । सो असबरलाई भेलाले सदुपयोग गदै गोल गरे ।

 

पहिलो हाफसम्म १—० गोलको अग्रता लिएको मेक्सिकोले दोस्रो हाफमा जाभियर हर्नान्डेजको गोलबाट अग्रतालाई दोब्बर बनायो । उनले खेलको ६६ औ मिनेटमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको थपिएको अतिरिक्त समयमा कोरियाका सन ह्युंगमिनले एक मात्र सान्त्वना गोल फर्काएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल मेक्सिकोले आफ्नो पक्षमा पार्यो । जितपछि ६ अंक बनाएको मेक्सिको प्रि—क्वाटरफाइनल नजिक पुगेको हो ।

यसअघि मेक्सिकोले समूहको पहिलो खेलमा उपाधी दाबेदार तथा साबिक विजेता जर्मनीलाई १—० ले पराजित गरेको थियो । यता पहिलो खेलमा स्विडेनसँग १—० ले पराजित भएको दक्षिण कोरिया अंक बिहिन बन्दै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?