लयमा फर्कियो जर्मनी, अघिल्लो चरणमा पुग्ने आशा जीवितै

रसिया। टोनी क्रुजले खेलको अन्तिम सयममा गरेको गोलको मदतले जर्मनी जारी विश्वकप फुटबलमा विजयी भएको छ । 

सोचीस्थित फिस्ट स्टेडियममा शनिबारराति भएको समूह ‘एफ’ को खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले स्वीडेनलाई २—१ गोल अन्तरले पराजित गर्दै लयमा फर्किएको हो ।

सुरुवातदेखि नै निकै आक्रामक खेल खेलेको जर्मनीले स्वीडेनलाई दबावमा राखेको थियो । तर, पहिलो हाफको ३२ औ मिनेटमा जर्मनीले गोल खान पुग्यो । ३१औं मिनेटमा स्वीडेनका डिफेण्डरसँगको ट्याकलमा मिडफिल्डर सेवास्टियन रुडी चोटग्रस्त हुदै मैदानबाट बाहिरिएपछि जर्मनीले गोल खान पुग्यो ।

स्वीडेनका लागि ओला टोइभोनेनले सानदार गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १—० गोल  अन्तरले पछाडी रहेको जर्मनीका लागी ४८ औ मिनेटमा मार्को रिउसले गोल गदै खेललाई बराबरीमा ल्याए । प्रतिस्पधात्मक र रोमाञ्चक बनेको खेलमा ८१ औं मिनेटमा  डिफेण्डर जेरोमी बोटेंग दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा जर्मनी बाँकी १० खेलाडीमा सिमित भएको थियो । 

तर, खेलको अन्तिम मिनेटमा डिबक्सको दायातर्फबाट पाएको फ्रिकिक अवसरमा टोली क्रुजले आकर्षक गोल गरी जर्मनलाई महत्वपूर्ण ३ अंक दिलाउन सफल भए । 
अब समूह चरणको अन्तिम खेलमा जर्मनीले दक्षिण कोरिया तथा स्वीडेनले मेक्सिकोसँग खेल्नेछ ।

तालिकामा ६ अंक बनाएको मेक्सिको पहिलो स्थानमा छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?