एजेन्सी : प्रतिबन्धित चरमपन्थी संगठन तहरीक–ए–तालिबान पाकिस्तानले आफ्ना पूर्व नेता मुल्ला फजललुल्लाहको अमेरिकी हवाई हमलामा मृत्यु भएको पुष्टि गर्दै नयाँ नेताको घोषणा गरेको छ ।
तालिबानले जनाए अनसार मुल्ला फजललुल्लाह १३ जुनमा अमेरिकी ड्रोनको मिसाइल हमलामा मारिएका थिए ।
अफगानिस्तान र पाकिस्तानका अधिकारीहरूले मुल्ला फजललुल्लाहको मृत्यु भएको भन्दै शनिबार एक विज्ञप्ति जारी गरेका थिए ।
नयाँ नेतामा नूर वली महसूदलाई नयाँ नेता घोषणा गरिएको छ ।
४० वर्षका नूर वलीले तालिबानको इतिहासबारे एक पुस्तक पनि लेखेका छन् । उनले यो किताबमा तलिबानलाई रकम प्राप्त हुने विषयमा खुलाएका छन् ।
अमेरिकी हमला नूर बलीको ठेकानमा पनि भएको थियो । सो आक्रमणमा ८ जना तालिबानी मारिएपनि नूर भने जोगिन सफल भएका थिए ।
फिरंगी राजदेखि अमेरिकी साम्राज्यसम्म नामक किताबमा नूरले संगठन चलाउन डकैती, हप्ता असुली र रकम लिएर हत्या गर्ने जस्ता काम तलिबानी समूहले गर्ने गरेको उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया