ट्रम्प भ्रममा परेको चिनियाँ मिडयाको आरोप

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा महशुल लगाउन गरेको निर्णय पछि चिनियाँ मिडियाले ट्रम्प भ्रमको शिकार भएको आरोप लगाएका छन् ।

ट्रम्पलाई परावर्तित भ्रमको शिकार भएको भन्दै चीन र अमेरिकाबीच ठूलो स्तरको व्यापार शुरू भएको  आंशका गरिएको छ ।

सरकारी स्वामित्वमा रहेको चाइना डेलीको सम्पादकीयमा अमेरिकामा चीन लगानी तीव्रगतिमा खुम्चिदै जानु अमेरिका र चीनबीचको सम्बन्ध ध्वस्त भएको दर्शाएको उल्लेख गरिएको छ ।

साथै अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार शर्तहरूको उल्लंघन गरिरहेको  र यसले अमेरिकी हितलाई समेत आघात तुल्याउने छ ।

केही विश्लेषकहरूका अनुसार दुई देशका नेताहरू वास्तविक व्यापार सम्झौताका लागि को पहिला पहल गर्ने अवस्थाको प्रतिक्षामा रहेका छन् ।

अमेरिकी जनता ट्रम्पको व्यापार युद्धको अनुभव पहिले गर्ने भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?