काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता पनि सेयर बजार खासै उत्साहप्रद देखिएन । नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुलेको भएपनि तीन कार्य दिन अर्थात पहिलो, चौंथो र पाँचौं दिन नेप्से लगातार ओरालो लाग्यो । दुई कार्य दिन अर्थात दोस्रो र तेस्रो दिन नेप्से बढेको थियो । तर पनि यो बढाई सामान्य अंकमा नै सिमित रह्यो । जसले गर्दा यो साता नेप्से परिसूचक कारोबार रकम पनि गत साताको तुलनामा घटेको छ ।
यो साता नेप्से २६ सय ६१ दशमलव ४४ अंकमा पुगेर रोकिंदा ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७ दशमलव ५८ अंकमा पुगेर रोकिएको छ । सोही अनुरुप यो साता कुल कारोबार रकम १७ अर्ब ७२ करोड २१ लाख १८ हजार एक सय ९६ रुपैयाँमा सिमित हुन पुगेको छ । दुई सय ३० वटा कम्पनीहरुको दुई लाख ५९ हजार नौ सय ९० पटकको कारोबारमा यो साता तीन करोड २९ लाख ३५ हजार दुई सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
गत साता भने १८ अर्ब १९ करोड ९० लाख ४७ हजार ७ सय ४ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त साता दुई सय ३१ वटा कम्पनीहरुको दुई लाख ४९ हजार दुई सय ५२ पटकको कारोबारमा तीन करोड ५२ लाख २४ हजार दुई सय ५७ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
यो साता पहिलो दिन आईतबार ३९ दशमलव चार अंकले घटेर दुई हजार छ सय ९३ दशमलव १० अंकमा सीमित हुन पुगेको नेप्से दोस्रो दिन भने २५ दशमलव ४१ अंकले बढेर दुई हजार सात सय १८ दशमलव ५१ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पनि नेप्से १७ दसमलव ४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलव ९३ अंकमा पुग्न सफल भएकोमा चौथो र पाँचौ दिन भने क्रमश: १५ दशमलव ५ र ५८ दसमलव ९९ अंकले घटेर क्रमश दुई हजार सात सय २० दशमलव ४३ र दुई हजार छ सय ६१ दशमलव ४४ अंकमा अंकमा खुम्चिन पुगेको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन चार दसमलव ९९ अंकले घटेर पाँच सय १३ दशमलव ६४ अंकमा सीमित रहेकोमा दोस्रो दिन पाँच दशमलव १५ अंकले बढेर पाँच सय १८ दशमलव ७९ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पनि चार दशमलव ३६ अंकले बढेर पाँच सय २३ दशमलव १५ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौथो र पाँचौं दिन भने क्रमश: पाँच दशमलव २२ र १० दशमलव ३६ अंंकले घटेर क्रमशः पाँच सय १७ दसमलव ९३ र पाँच सय सात दशमलव ५८ अंकमा सिमित हुन पुगेको छ ।
यो साता नेसनल हाईड्रोपावर कम्पनी, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएको छ, भने सेयर कारोबार भएको संख्याको आधारमा नेसनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रा.ली. लगायतका कम्पनीहरु अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया