प्रशिक्षक साम्पोली अधिकार विहिन अवस्थामा

appharu
0
Shares

काठमाडौं । जारी विश्वकप फुटबलको सुरुवाती २ खेलमा खराब प्रदर्शन गरेपछि आलोचित बनेको अर्जेन्टिनी खेलाडीहरु प्रशिक्षक जर्ज साम्पोली विरुद्ध उत्रिएका छन ।

यहि मंगलबार हुने नाइजेरिया विरुद्धको खेलअघि खेलाडीहरुले प्रशिक्षक साम्पाओलीलाई अधिकार विहिन बनाएका हुन् । समूह चरणको पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा भने क्रोएसियासँग ३० को लज्जास्पद हार व्यहोरेसँगै टोलीका सिनियर खेलाडीहरुबीच मतभेद देखिएको छ । 

अब अर्जेन्टिनी टोलीका सदस्य रिकार्डो जिउस्टीले नाइजेरिया विरुद्धको खेलका लागी खेलाडीहरुको टोलीको निर्धारण गर्नेछन् ।

साम्पाओलीलाई प्रशिक्षकको कुनै अधिकार नदिएपछि अर्जेन्टिनी टिममा ठुलो मतभेद भएको थियो । दोस्रो खेलमा क्रोएसिया विरुद्धको खेलमा हार बेहोरेपछि प्रशिक्षक साम्पाओलीले सबै दोष खेलाडीहरुमाथि दोष थोपरेपछि खेलाडीहरु रुष्ट बनेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?