मेक्सिको । विश्वकप फुटवल प्रतियोगिता हेर्न जम्मा भएका ८ जनामाथि गोली प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागुऔषध प्रयोगकर्ताको समूहको संलग्नतामा गोलीकाण्ड भएको बताइएको छ । त्यही समयमा छिमेकी अर्को ठाउँमा फुटवल हेर्नकै लागि सैलुनमा भेला भएका अरु ५ जना माथि पनि गोली प्रहार भएको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
उनीहरुमाथि निलो भ्यानमा आएका व्यक्तिले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाले ज्यान गुमाएका छन् । मेक्सिको सरकारले सन् २००६ मा लागूऔषध विरुद्धको विवादास्पद कानुन जारी गरेपछि झण्डै २ लाख जना मारिएका छन् ।
सरकारी अधिकारीले ती मारिएकामध्ये कतिजना योजनावद्ध रुपमा अपराधिक क्रियाकलापमा संलग्न थिए भन्ने बारेमा यकिन नभएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया