रसिया। इंग्ल्याण्डका कप्तान ह्यारी केनले जारी विश्वकप फुटबलमा ह्याट्रिक गर्दै इंग्ल्याण्डका लागी नयाँ इतिहास रचेका छन् ।
आइतबार साझ भएको समूह ‘जी’ को खेलमा इंग्ल्याण्डले नवप्रवेशी टिम पानामालाई ६—१ को भारी गोल अन्तरले पराजित गर्दा केनले महत्वपूर्ण ३ गोल गरेका थिए । उनले खेलको २२ औं, ४६ औं र ६२ औं मिनेटमा तीन गोल गरेका थिए ।
यसअघि सम्पन्न भएको समूहको पहिलो खेलमा ट्युनिसियालाई पराजित गर्दा केनले दुई गोल गरेका थिए । यो सँगै केनको जारी विश्वकपमा गोल संख्या ५ पुगेको छ ।
सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डका लागी जेफ हस्र्ट र १९८६ ग्यारी लेनेकरले ह्याट्रिक गरेयता पहिलो पटक केनले विश्वकपमा ह्याट्रिक गरेका हुन् । ३२ वर्ष पछि इंग्ल्याण्डले विश्वकप फुटबलमा ह्याट्रिक गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया