काठमाडौं । नेपालले तेश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा आइतबार ३ रजत र १ कास्य गरी ४ पदक जितेको छ ।
नेपाल सेपाकताक्रो संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष÷महिला रेगु तथा महिला डबल्स स्पर्धामा नेपाल रजत पदक हात पारेको हो । यता पुरुष क्वाडमा नेपालले कास्यमा पदकमा चित्त बुझायो । समग्रमा नेपाल दोश्रो भयो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पुरुष क्वाडमा नेपालले श्रीलंकालाई २१–१० र २१–१७ ले पराजित ग¥यो । नेपाल भारतसँग ५–२१ र २०–२२ तथा बंगलादेशसँग १८–२१, २१–१७ र १४–२१ ले हा¥यो । भारत पहिलो र बंगलादेश दोश्रो भए । श्रीलंकाले नेपालसँगै तेश्रो स्थानमा चित्त बुझायो । नेपालबाट रुपेश सुनार, सुजन डंगोल, रोशन तामाङ, रविन भट्टराईलगायतले प्रतिस्पर्धा गरेका थिए ।
महिला डबल्समा नेपालले श्रीलंकालाई २१–१३ र २१–९ तथा बंगालदेशलाई २१–१२ र २१–११ ले पाखा लगायो । भारत विरुद्धको खेलमा भने नेपाल २२–२४ र १९–२१ ले चुकेपछि रजतमा सीमित भएको हो । भारत पहिलो भयो । सोममाया थापा मगर, सुमित्रा डंगोल र चन्द्रा चौधरीले नेपालको प्रतिनिधित्व गरेका थिए ।
प्रतियोगितामा पुरुष क्वाड, पुरुष÷महिला रेगु र महिला डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा भारत सबै स्पर्धामा स्वर्ण पदक हात पार्दै समग्रमा पहिलो भयो । बंगलादेशले १ रजत र ३ कास्य प्राप्त ग¥यो भने श्रीलंका ४ कास्यमा सीमित भयो ।
विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । गत शुक्रबारदेखि सुरु राउन्ड रोविन लिग प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्र सहभागी थिए ।
पहिलो संस्करण पनि नेपालमै भएको थियो । दोश्रो संस्करण श्रीलंकाले आयोजना सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया