रसिया । पोल्याण्ड जारी फिफा विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार राति भएको समूह ‘एच’ खेलमा कोलम्बियासँग पोल्याण्ड ३—० गोल अन्तरले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको हो ।
पोल्याण्डबिरुद्ध पहिलो हाफको ४० औं मिनेटमा जेम्स रोड्रिग्वेजको पहिलो गोल गर्दै टिमलाई सरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा रोड्रिग्वेजको २ गोल थप्यो । ७०औं मिनेटमा स्ट्राइकर राडामेल फाल्काओले गोल गरे भने ७५औं मिनेटमा जुहान कुवाड्राडोले रोड्रग्वेजको पासमा गोल गरी टिमलाई ३—० को जित सुनिश्चित गराए ।
पहिलो खेलमा सेनेगलसँग २—१ गोलले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३—० गोलको पराजय व्यर्होएको थियो ।
पोल्याण्ड समूहको २ खेलमा पराजित हुदै अंकबिहिन बनेको छ भने जितपछि कोलम्बियाले ३ अंक बनाएको छ । आइतबार राति नै खेलमा २—२ गोलको बराबरी खेलेका सेनेगल र जापानको समान ४—४ अंक छ । समूहको अन्तिम खेलमा जापानले पोल्याण्डसँग खेल्नेछ भने सेनेगलले कोलम्बियाको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया