पञ्चकन्या माई हाइड्रोलार्इ ११ लाख कित्ता अार्इपीअो निष्काशन गर्ने अनुमति

काठमाडाैं : पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले पञ्चकन्या मार्इ हाइड्रोपावरलार्इ ११ लाख कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन गर्न अनुमति दिएको छ । 

सर्वसाधारणका लागि ११ लाख कित्ता अार्इपीअो जारी गर्न पञ्चकन्याले जेठ ७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । प्रतिकित्ता १ सय रूपैयाँका दरले ११ लाख कित्ता अार्इपीअो बेच्दा यो कम्पनीले ११ करोड रूपैयाँ रकम संकलन गर्नेछ । 

यो कम्पनीले गत माघ ५ गतेदेखि २३ गतेसम्म अायोजना प्रभावित क्षेत्र र्इलामका स्थानीय वासिन्दाका लागि ११ लाख कित्ता अार्इपीअो जारी गरेको थियो । अार्इपीअो जारी गर्ने यो कम्पनीको वित्तीय अवस्था भने अाैषतभन्दा कमजोर छ । यो कम्पनीको क्रेडिट रेटिङ ४ छ । 

यो कम्पनीले हाल र्इलाममाा १२ मेगावाटकाे अपर मार्इ अायोजना सञ्चालनमा ल्याएको छ । यस्तै, ६.१ मेगावाटको मार्इ क्यास्केड अायोजनाको निर्माण पनि सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?