रसिया । जारी फिफा विश्वकप अन्तर्गत आजबाट समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् ।
आज समूह ‘ए’ र ‘बी’ का समान २ खेल हुँदैछन् । समूह ‘ए’ मा रहेको आयोजक राष्ट्र रसिया र उरुग्वेले यसअघि नै प्रि—क्वार्टरफाइनलको यात्रा तय गरिसकेको छ । आज हुने रसिया र उरुग्वेविचको खेलले समूह विजेताको टुंगो लाग्नेछ ।
समूह ‘ए’ का दुवै खेल नेपाली समय अनुसार आजराति ८ः४५ बजेपछि सुरु हुँदैछ । २ खेलमा शत प्रतिशत नतिजा निकाल्दै दुवै टोलीको समान ६ अंक बनाएको छ । गोलअन्तरको आधारमा रसिया पहिलो स्थानमा छ । २ खेलमा ८ गोल गरेको रसियाले १ गोलको मात्र सामना गरेको छ । अर्को तिर उरुग्वेले दुवै खेल समान १–० ले जितेको थियो । रसियाले पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले तथा दोस्रो खेलमा इजिप्टलाई ३–१ ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो ।
यता समूह ‘बी’ मा रहेको स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरानको ३ अंक छ । प्रतियोगिताबाट बाहिरिसकेको मोरोक्को अंक विहिन छ । पोर्चुगलले समूहको अन्तिम खेलमा आजराति इरानको सामना गर्दैछ । अर्को खेलमा स्पेन र मोरोक्कोबीच प्रतिस्पर्धा हुदैछ । स्पेन र पोर्चुगलले खेलमा बराबरी गरे भने प्रि—क्वार्टरफाइनलमा स्थान बनाउँनेछ । समूह ‘बी’ का दुवै खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुँदैछ ।
पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको थियो । इरानले भने मोरोक्कोलाई १–० ले हराएको थियो । अन्य खेलमा पोर्चुगलले मोरोक्को १—० तथा स्पेनले इरानलाई १—० गोलले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया