अर्थतन्त्र निर्माण गर्न साउदी महिलालाई गाडी चलाउने अधिकार

एजेन्सी : साउदी अरबका महिलालाई गाडी चलाउन पाउने अधिकार दिएर राज्यले ९० अर्ब अमेरिकी डलर बराबरको आम्दानी गर्नु रहेको छ ।

साउदीका महिलाले गाडी चलाउन थालेपनि त्यहाँको अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आइतबार देखि साउदी अरबका महिलालाई गाडी चलाउन दिएको अधिकारबाट सन् २०३०सम्म त्यहाँको आम्दानी ९० अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ ।

अर्थशास्त्रीहरूका अनुसार २० प्रतिशत महिला आर्थिक गतिविधिमा सक्रिय रहेकी छिन् ।

आर्थिक गतिविधिमा महिलाको सक्रियता बढाई अर्थतन्त्र विस्तार गर्ने योजना अनुरूप महिलालाई यो अधिकार दिइएको उनीहरूको बुझाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?