निर्णायक खेलमा स्पेन र मोरक्को आमने—सामने हुँदै

काठमाडौं । जारी फिफा विश्वकप फुटबलमा आज राति समूह ‘बी’ को निर्णायक खेलमा स्पेनले मोरक्कोको तथा पोर्चुगलले इरानको सामना गर्दैछ । 

पूर्व विश्व च्याम्पियन स्पेन र मोरक्कोविचको खेल कालिङगार्ड एरिनामा आज राति ११ः४५ बजेपछि सुरु हुँदैछ । यता एकै समयमा हुने अर्को खेलमा युरोपियन पावर हाउस पोचुर्गलले इरानको सामना गर्दैछ । आज हुने निर्णायक खेलबाट नकआउटमा पुग्ने २ टोलीको टुंगो लाग्दैछ । 

मोरक्को बाहिरिइसकेको छ भने बाँकी ३ टिममध्ये २ टिम नकआउट चरणका पुग्नेछन् । मोरक्कोसँग आजरातिको खेलमा बराबरी गरेमात्र पनि स्पेनले अघिल्लो चरणको यात्रा तय गर्नेछ । स्पेनले हार व्यर्होएको अवस्थामा भने अघिल्लो चरण प्रवेशको सम्भावना न्युन रहनेछ । त्यसका लागि भने स्पनेले पोर्चुगल र इरानबीचको खेलको नतिजामा भर पर्नुपर्छ ।

स्पेनलाई प्रतियोगिताको उपाधी दाबेदार टिम मानिएको छ । तर इरान विरुद्धको खेलमा स्पेनले सोचेअनुरुप प्रदर्शन गर्न सकेन् । कठिन जित निकाल्दा स्पेनले अपराजित खेल संख्या २२ पुर्याएको छ ।  

विश्वकपबाट बाहिरिइसकेको मोरक्कोले लगातार दुई खेलमा हार व्यहोरिसकेको छ । इरानविरुद्ध कठिन जित हात पारेपछि असन्तुष्ट देखिएका स्पेनिस प्रशिक्षक फर्नान्डो हिइरोले मिडफिल्डमा परितर्वन गर्न संकेत दिएका छन् । उनले विङमा पनि परिवर्तन गर्दै जित निकाल्ने रणनीति बनाउने अपेक्षा गरिएको छ । 

मोरक्कोले सन् १९८६ मा पोर्चुगललाई ३–० र सन् १९९८ मा स्कटल्यान्डलाई ३–० गोलले पराजित गरेको थियो । मोरक्कोले विश्वकपमा १५ खेल खेल्दा २ खेल मात्र जित हात पारेको छ । मोरक्कोले दुवै जित समूह चरणको अन्तिम खेलमा हात पारेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?