एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिपक्षी दल डेमोक्रेट्स समर्थक विरूद्ध शब्द वाण चलाएका छन् ।
प्रतिपक्षी दलकी एक सांसदले ट्रम्प प्रशासकलाई बहिष्कार गर्न गरेको उक्साहटमा परी एक रेस्टरन्टका मालिकले त्यस्तै व्यवहार गरेको खबर पाएपछि राष्ट्रपति ट्रम्पको यो अभिव्यक्ति आएको हो ।
डेमोक्रेटिक दलकी सांसद म्याक्सिन वाटर्सले गत शनिबार एक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरूलाई ट्रम्प प्रशासनका अधिकारीहरूलाई तर्साउन उक्साएका थिए ।
सोमबार ट्विट गर्दै ट्रम्पले डेमोक्रेट्स समर्थकहरूलाई थर्काए । उनले ्िटवटे “म्याक्सका लागि जे गर्न खोजेको हो त्यसबाट सजग हुनु ।”
साथै उनले म्याक्सलाई कम बुद्धि भएकी असाधारण महिला भएको टिप्पणी गरे ।उनले भने“म्याक्सले आफ्ना समर्थकहरूलाई हानि पु-याउन आह्वान गरेकी छिन् ”
उता डेमोक्रेट पार्टीकी उच्च नेतृ नान्सी पेलोसीले वाटर्स र ट्रम्प दुबैलाई ट्विट मार्फत हप्काइन् ।
शुक्रबार ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सलाई रेड हेन रेस्टरन्टबाट निकालिएपछि यो विवाद चर्कियो ।
यो घटना भएपछि शनिबार एक सार्वजनिक कार्यक्रममा म्याक्सिनले यस्तै भाषण ठोकेपछि अमेरिकाका दुई प्रमुख पार्टी बीच तनाव सिर्जना भएको हो ।
प्रतिनिधि सभाकी नेतृ पेलोसीले म्याक्स र ट्रम्प दुबैलाई हप्काइन् । म्याक्ससँग नागरिक संवादको अभाव रहेको र ट्रम्पसँग दैनिक नागरिक व्यवहारको कमी रहेको टिप्पणी गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया