एजेन्सी : इरानको केन्द्रीय बैंक सीबीआईले अमेरिकी डलरको ज्वरो घटाउन दोस्रो मुद्रा ल्याउन लागेको जनाएको छ ।
अमेरिकी डलरको तुलनामा इरानी मुद्रा रियाल आइतबार रेकर्ड तहमा कमजोर भएपछि बजारमा परेको तनाव घाटाउन इरानले अर्को मुद्रा ल्याउने जनाएको हो ।
सीबीआई प्रमुख भालिओल्लाह सेइफले दोस्रो मुद्रा अति आवश्यक वस्तुको आयातकर्ताका लागि अमेरिकी डलर बेच्न काम लाग्ने जनाए ।
अमेरिकी डलरको मूल्य भने उही रहने उनले जनाए । इरानी निकायहरूका अनुसार अर्को मुद्रा बजारमा अर्को सातासम्म आइपुग्ने छ ।
आइतबार अनौपचारिक बजारमा एक अमेरिकी डलर बराबर इरानी रियाल ८७००० पुगेको थियो । यसअघि गएको विहीबार एक डलर बराबर ५७ हजरा ५सय रहेको थियो ।
इरानको अर्थतन्त्रमा अमेरिकाले सन् २०१५मा गरेको परमाणु सम्झौतबाट फिर्ता भएको जनाएपछि समस्या उत्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया