एजेन्सी : न्यायको अन्तर्राष्ट्रिय अदालत( इन्टरनेशलन कोर्ट अफ जस्टिस–आईसीजे)ले केही महिना भित्र अमेरिका विरूद्ध रोक्का गरिएको अर्बौ अमेरिकी डलर फुकुवा गर्ने मुद्दाको सुनुवाई गर्ने भएको जनाएको छ ।
हेग आधारित अदालतले एक विज्ञप्ति जारी गरी यस्तो जनाएको हो । इश्लामिक गणतन्त्र इरान विरूद्ध अमेरिका नामक मुद्दाको सुनवाई आगामी अक्टोबर महिनाको ४ देखि १२ तारिखसम्म हुने जनाइएको छ ।
संयुक्त राष्ट्रसंघको यो महत्वपूर्ण न्यायिक निकाय हो । यो सुनुवाई अमेरिकाले लगाएको बाधाका विषयमा केन्द्रित रहने जनाइएको छ ।
सन् २०१६मा अमेरिकाको सर्वोच्च अदालतले करिब २ अर्ब अमेरिकी डलर रोक्का गरिएको इरानी सम्पत्ति बेरुत र अन्य ठाउँमा अमेरिकी जलसैनिक विरूद्ध सन् १९८३मा भएको बम आक्रमणमा परि मारिएका अमेरिकी परिवारलाई दिनुपर्ने जनाएका थियो ।
यसको दुई महिना पछि इरानले आइसीजेमा औपचारिक उजुरी दिएको थियो ।
अमेरिकी अदालतबाट जारी फैसला अवैधानिक भएको दाबी इरानले गरको छ । इरानी राष्ट्रपति हसन रुहानीले भने “सरकारले राष्ट्रिय अधिकार रहेसम्म त्यो पैसा ल्याउन पहल गर्ने छ । त्यो पैसा क्षतिपूर्ति सहित फर्किनेछ ।”
अमेरिकाले १९५५को ट्रिटी अफ अमिटीलाई उल्लंघन गरिरहेको आरोप इरानले लगाएको छ ।
गत महिना न्युयोर्ककको एक संघीय न्यायाधीशले इरानलाई ६ अर्ब अमेरिकी डलर सन् २००१ सेप्टेम्बर ११मा भएको हमलामा मारिएका परिवारलाई भुक्तानी दिन आदेश दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया