कैलालीमा प्रेमीसँग मिलेर भिरबाट खसाली श्रीमानको हत्या

कैलाली : कञ्चनपुरकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानलार्इ भिरमा धकेलि हत्या गरेकी छिन् । पुनर्वास नगरपालिका-२ कि लक्षमी बडेलाले प्रेमी दीपक खत्रीको सहयोगमा अाफ्नै श्रीमान तेजबहादुर विष्टको हत्या गरेकी हुन् । हत्यामा संलग्न दीपक गाेदावरी-१२, खमाैराका स्थायी वासिन्दा हुन् । 

लक्ष्मी र तेजबहादुरबीच यही वैशाख महिनामा मागी विवाह भएको थियो । असार ७ गते श्रीमानलार्इ लिएर मार्इत गएकी लक्ष्मीले भासु भीरमा खसालेर श्रीमानको हत्या गरेको खुलेको छ। ससुराली गएकै रातीदेखि बेपत्ता भएका तेजबहादुरलार्इ अाफन्तले खोजी गर्ने क्रममा पत्ता नलागेपछि असार १० गते प्रहरीलार्इ खोजिदिन निवेदन दिएका थिए । 

तेजबहादुरको खोजी गर्ने क्रममा प्रहरीले भासु भिरमा खसारेर मारेको र हत्यामा लक्ष्मी र उनका प्रेमी संलग्न भएको पत्ता लगाएको थियो । पहिलेदेखि नै प्रेममा रहेका लक्ष्मी र दीपकले तेजबहादुरलार्इ शुरूमा टाउकोमा रडले हानेको र पछि मोटरसार्इकलसहित भीरमा खसालेर मारेको खुलेको छ । 

मोटरसार्इकल र लास देखिएपनि सुदुरपश्चिमकै सवैभन्दा कठीन मानिने भासु भिरमा अड्केको शव निकाल्न निकै कठीन भर्इरहेको प्रहरीले जनाएको छ। हाल प्रहरी घटनास्थलमै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?