एजेन्सी : ऋण माग्न आएकी एक ग्रामिण महिलासँग यौन सम्बन्ध बनाउन खोज्ने बैंकका म्यानेजर पक्राउ परेका हुन् ।
भारतको महाराष्ट्र प्रदेशस्थित बुलढाणा गाउँमा रहेको सेन्ट्रल बैंक अफ इन्डियाको शाखाका बैंक म्यानेजरले बैंक लोनका लागि दिएको आवेदनमा ऋण अनुमोदनका लागि यौन सम्बन्ध खोजेका थिए ।
ऋण माग्न गएकी महिलाको फोन नम्बर लिएर पछि कुरो गर्ने भनेर उनले पठाइ दिएका थिए ।
राजेश हिवसे नामका बैंक म्यानेजरको बैंकका अर्दली मनोज चौहानले महिलालाई म्यानेजरसँग यौनसम्बन्ध गरे ऋणको राम्रो प्याकेज पाउने जनाएका थिए ।
महिलाले त्यो संवादको रेकर्डिग गरिन् ।
पतिसँग मिलेर प्रहरीमा ऊजुरी दिइन् ।
यो घटना सुनेपछि गाँउलेहरूले त्यो बैंकमा तोडफोड समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया