एजेन्सी : चेसका भारतीय ग्रान्ड मास्टर बन्दा विश्वनाथ आनन्द १८ वर्षका थिए ।
आनन्दालाई उछिन्ने म्यानस काल्र्सन सन् २०१३मा १३ वर्ष ४महिनाका थिए ।
यसै क्रममा १२ वर्ष १० महिना १३ दिन भएका बेला आर प्रग्गुनन्धाले शनिबार यो उपाधि जितेर दोस्रा कान्छा ग्रान्ड मास्टर बन्न पुगेका हुन् ।
इटलीमा आयोजना भएको चौथो ग्रेडलाइन ओपनको ६ राउन्डमा मोरोनी लुका जुनियरलाई पराजित गरी यो उपाधि जिते ।
ग्रान्डमास्टर आनन्दले उनलाई स्वागत गर्दै चेन्नईमा भेटने भनेका छन् ।
प्रग्गु मे २०१७मा कान्छा अन्तर्राष्ट्रिय मास्टर बनेका थिए ।
मार्च भन्दा अघि उनले खेल्ने अवसर पाएका भए उनले सर्जेइ कार्जाकिनको रेकर्ड तोडेरर पहिला कान्छा ग्रान्डमास्टरको उपाधि जित्ने थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया