अँध्यारोमा हुर्केका अर्बपति

एजेन्सी : ५ अर्ब अमेरिकी डलरका मालिकलाई अँध्यारोमा हुर्कन परेको थियो । फ्ल्किर र स्ल्याक टेक कम्पनीका संस्थापक स्टिवार्ट बटरफिल्डलाई अँध्यारोमा हुर्कन प-यो ।

हाल उनी अमेरिकाको सिलिकन भ्यालीका अर्बपति मध्येका एक हुन् ।

भियतनामा युद्धमा सेवा गर्न मन नलागेर उनका पिता अमेरिका भागेपछि उलनाई सुदुर क्यानाडाको एक कम्युनमा पाँच वर्ष विताउनु परेको थियो ।

ब्रिटिश कोलम्बियाको एक जंगलमा एक काठे घरमा युवा बटरफिल्डलाई आमाबाबुसँग विताउनु परेको थियो ।

तीन वर्षसम्म उनीहरूलाई पानी र बिजुलीको अभावमा गुजार्नुपर्ने भयो ।

जब उनी ब्रिटिश कोलम्बियाको राजधानी भिक्टोरिया पुगे त्यहाँ पहिलो पटक कम्प्युटर देखे ,त्यतिबेला उनी सात वर्षका थिए ।

त्यो उमेरमा उनले प्रोग्य्राम आफैले सिके । 

सन् १९९७मा उनी दर्शनका प्रोफेसर बन्न लागेका थिए । उनले प्राज्ञिकताको क्षेत्रलाई त्यागेर कम्प्युटरसँग माया बसाए ।

सन् २००४मा उनले फ्लिकर ल्याए । उनले स्थापना गरेको स्ल्याकको मूल्य ५.१ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?