शिवरात्रि : सर्व धर्म मान्य पर्व

लोकपथ
1.1k
Shares
  • ब्रह्माकुमार रामसिंह ऐर

परम्परागत रुपमा फाल्गुण महिनाको कृष्ण पक्षको अन्धकारपूर्ण रात्रिका बेलामा मनाइने शिवरात्रि सत्यम् शिवम् सुन्दरम्को दिव्य कर्तव्यको स्मरोणत्सव हो । विश्वबसुधामा कालान्तरमा हुन पुगेको अत्यन्तै अज्ञानमय रात्रिका बेला ज्ञान प्रकाशको उदय हुनु आवश्यक हुन्छ । अन्धकारको बेला मानव प्राणी अन्योलका कारण मार्ग विहीन स्थितिमा रहन्छन् जसले गर्दा अनेक प्रकारका दुःख, पीडा, कष्टका ठक्कर र चोट खाइरहेका हुन्छन् । वेदनात्मक मनस्थितिमा उकुस मुकुसको अवस्था महसुस गरिरहेका हुन्छन् ।

सर्वत्र अनाचार, अत्याचार, अशान्ति, भय त्रास, हिंसाको कोलाहलपूर्ण वातावरण हुन्छ । अर्धम र असत्यको विगविगी तथा आधिपत्य रहेको हुन्छ । विकाररुपी असुरहरुले प्रत्येकलाई चिथोर्ने, कोर्तने र पीडा दिएर त्राहीमान त्राहीमान पारिरहेका हुन्छन । यस्तो हालतमा मानिस सत्य र धर्मबाट बेमुख हुन्छ तथा कमजोरीको अधिनमा हुन्छ । विवेकले न चाहँदा न चाहँदै पनि विकार, अशुद्धि ईष्र्याअक्रोसकबाट परिचालित हुन्छ । मानव जगतमा व्यप्त यस विकट स्थितिलाई नै लाक्ष्यणीक शब्दमा रात्रि शब्दबाट उल्लेख गरिएको हो । २४ घण्टा भित्र पर्ने कालो चतुर्दशीको रात्रि त हुँदै हो तर शिवरात्रिको रातले समग्र मानव समाजको अज्ञानजनीत दुःखद दूर्दशालाई दर्शाउने गर्दछ ।

आफ्नो पूर्ववचन अनुसार नै अति धर्मग्लानीको समयमा सत्य ज्ञानका दाता ज्ञानसूर्य, दुःखमोचन, मुक्तेश्वर, पापकटेश्वर, सर्वेश्वर, विषहर परमात्मा शिवले अज्ञानअन्धकारलाई ज्ञान प्रकाशमा परिणत गर्न   धर्तीमा अवतार लिनुहुन्छ । शिव शब्दको अर्थ कल्याण्कारी, मंगलकारी, शुभकारी र उपकारी, हुन्छ किनकि परमात्मा शिवले सधै सबैको कल्याण गर्नुहुन्छ । सबैको उद्धार गरी मुक्तिजीवनमुक्ति दिनुहुन्छ । दया र क्षमा गर्नुहुन्छ तथा भोला भण्डारीको रूपमा सबैलाई वरदान र शक्तिले मालामाल गरिदिनु हुन्छ त्यसैले उहाँको गायन छ शिव भोला भण्डारी काल कंटक दूर । शिव अर्थात प्रकाश स्वरूप, दिव्य ज्योतिर्मय, स्वयम्भू, अखण्ड ज्योतिरूपज्योतिमा पनि महाज्योति, ओजस्वी, तेजस्वी जसको यादगार सर्वत्र संसार भरी ज्योतिर्लिगंम रूपमा विभिन्न नामबाट प्रतिमा स्थापना गरिएका छन ।

अर्थात अन्य देवीदेवता, महापुरुष र महाविभूतिको जस्तो उहाँको कायिक चित्र कही कतै छैन । विश्व भरिका सम्पूर्ण शिव मन्दिरहरूमा ज्योतिर्मयरूपको प्रतिक शिवलिंग नै स्थापना गरिएको छ । शास्त्रिीय भाषामा ज्योतिर्लिंग अर्थात् शिव प्रकाशका रूपमा वर्णित छ । साथै शिव वीजरूप, आदित्य, आदिरूप, वृक्षपति, उत्पत्ति, पालना र लयको आधार, सर्वमान्य सर्वोपरि रूपमा स्वीकार गरिएको छ । देवका पनि देव त्रिमूर्ति ब्रह्मा, विष्णु, शंकरका पनि रचयिता, देवात्मा, धर्मात्मा, महात्मा तथा पुण्यआत्मा, धर्मपिता, मेसेन्जर, पैगम्बरका पनि अधिष्ठाअराध्य वीजरूप हुनुहुन्छ ।

निर्विवाद पक्ष के छ भने सवै धर्मका धर्म संस्थापकहरूले समेत परमात्माईश्वरको स्वरूपलाई प्रकाश, नूर, जागति ज्योति स्वरूपमा नै स्वीकार गरेका छन । इसलाम धर्मका प्रवर्तक इब्राहिम तथा मुहम्मद साहेबले परमात्मा अर्थात अहल्लाहखूदाको रूपलाई नूर (ज्योति) को रूपमा नै स्वीकार गरेका छन् । मक्कामा स्थापित संगेअसवद प्रतिमा त्यसैको प्रतिक हो । महात्मा बुद्धलाई वृक्ष मुनि तपस्याको पराकाष्ठामा बौद्धि सत्य प्रकाशरूपको नै ज्ञानबोधसाक्षात्कार भएको थियो । जापानका बुद्धिष्टहरू चिनकिन सेकी नामक शिवलिंग आकारको प्रतिमालाई तिपाईमा राखी ध्यान गर्दछन, चुम्वन गर्दछन । उनीहरूको मान्यतामा त्यो शान्तिदातको प्रतिक हो । जेसस क्राइष्टले स्पष्ट शब्दमा भन्नु भएको छ परमात्मा प्रकाशमय हुनुहुन्छ म उसको पुत्र हू ।(God is Light I am the son of God) ।

ईश्वरको प्रकाश स्वरूपको  नै मूल मान्यता छ क्रिंष्ट्रियन धर्ममा । सिक्क धर्मका धर्मपिता गुरुनानक देवले पनि एकोंअकार, सतनाम, कत्र्तापुरुष, अकालरूपबाट परमात्माको महिमा गरेका छन अर्थात परमात्मा अकाया, अशरीरी हुनुहुन्छ । अन्य धर्मका आदि पुरुषहरूबाट पनि परमात्माको स्वरूप प्रकाश पुञ्जका रूपमा स्वीकार गरिएको छ । सबैले त्यही शाश्वत र सनातन उपदेश मानव जातिलाई उपहारका रूपमा प्रादान गरिएका छन । प्रथकप्रथक भाषाका कारण शब्द न्निाभिन्नै भए पनि ईश्वरको मूल सत्य स्वरूपमा कही कतै विवाद र विरोधाभास छदै छैन । इतिहासकाल वा अद्यावधि यदाकदा धर्मधर्मका बीच भएका वा हुने गरेका विवाद वास्तवमा पछिल्ला धर्म संचालकहरूका संकुचित विचारधाराका साम्प्रदायिक उपज हुन । यी सबै अज्ञानताका क्षेपक कुरा मात्रै हुन । धर्म र आध्यात्मिकताको विशाल र उदार भावना र मान्यताका बाधक तत्व हुन र यिनीहरूबाट धर्मनिष्टमूल्यनिष्ठ मानव टाढा रहनु पर्दछ ।

त्यसै गरी अति प्राचीन धर्मका रूपमा मान्यता प्राप्त यहुदी धर्ममा पनि ईश्वरलाई जेहोवा वा यहोवा ज्योतिरूपमा स्वीकारेको छ भने यहुदीहरूमा बले नामको शिवलिंगलाई बेलफेगो नामबाट पुकारिन्छ तथा कुनै महत्वपूर्ण कार्यको अभिभारा लिदा वा सपथ (oath) लिँदा उसलाई सम्झने  प्रचलन थियो । जैन धर्मका प्रवर्तक वर्धमान महावीरले पनि परमात्माको स्वरुपलाई दिव्य प्रकाश सत्यशीलापतिका रूपमा नै स्वीकार गरेका थिए । हजरत मूसा जसलाई इसलाम, इसाई तथा यहुदीले आफ्नो प्रोफेट वा मेसेन्जर नै मान्दछन उनलाई पहाडको झाडीमा दिव्य लौ (ज्योति) को साक्षात्कार भएको र हजरत मूसाले त्यो ज्योति जेहोवासंग वार्ता समेत गरेको कथन छ । सनातन हिन्दु धर्मका सबै प्राचिन शिव मन्दिरमा स्थापित शिवलिंग रामेश्वरदेखि पशुपतिनाथसम्म, सोमनाथ देखि केदारनाथसम्म वा विश्वनाथ काशीदेखि वैद्यनाथसम्मका सबै शिवलिंगहरू ज्योतिर्मय परमात्मा शिवका नै प्रतिमा हुन । वेदमा शिवम् केवल भासकम भासकनामम्बाट गाएन हुनु, गीतामा ज्योतिषाअपि तत् ज्योतिबाट उल्लेख हुन, शिवपुराण, मनुस्मृति, स्कन्धपुराण आदिमा समेत सृष्टिको महाप्रलयका बेला अर्थात यसको अधोपतनका बेला अण्डाकार ज्योति प्रकट भई त्यसको उद्धार गर्नु भएको वर्णन हुनु तथा महाभारत वनपर्व, बाल्मिकी रामायणको उत्तरकाण्डमा शिव ज्योतिको नै उपासना र आराधनाको सर्वोपरि महत्व हुनुले परमात्मा शिव ज्योतिर्मय नै सर्वज्ञ, सर्वोपरि सर्वेश्वर र सर्ब धर्मको आस्था र मान्यताको केन्द्रबिन्दु भएको सत्यको पुष्टी हुन्छ ।

संसारका सबै प्राचीन सभ्यता र संस्कृतिमाथि सरसरति निहाल्दा, अध्ययान गर्दा स्पष्ट हुन्छ कि एकताका संसारभरि शिव परमात्माको नै सर्वोपरि मान्यता थियो । अरब देशको सबै भन्दा प्राचिन शहरको नाउ शिवम् थियो र हाल पनि त्यही नाम मौजुद छ । अरब देशको एक राजधानीको नाम शियून थियो जो शिवको नै अपभ्रन्स नामको प्रतीक हो । मोहन्जोदडो, हडप्पाचुहुन्जोदडोको प्राचिन सभ्यताको उत्खन्नबाट पनि शिवलिंग, नन्दीगणका मोहर र प्रतिमा प्राप्त हुनुले त्यस वेलाको सभ्यतामा पनि शिव ज्योतिर्मयको गायन, पूजन र प्रार्थना हुने कुरा स्वतः सिद्ध हुन्छ । बेवोलियन सभ्यतामा शिउन, मिश्रको सभ्यतामा सेवा वा सेवाजिया नामले शिव प्रतिमाको पुजा गरिने चलन थियो । वास्तवमा सेवाजिया नाम पनि शिवजीबाट नै बनेको प्रतित हुन्छ । मिश्रको अर्को ठाउँमा शिवलिंगलाई आईसिस अर्थात ईश शब्दको नाम दिनु तथा रोमको सभ्यतामा प्रियपस नामबाट पुकारीनुले ती सभ्यतामा पनि शिव प्रतिमाको छाप रहेको स्पष्ट हुन्छ । चीनको प्राचिन सभ्यतामा शिवलिंगलाई हुवेडहिफूह नामबाट पूजिने गरिन्थ्यो भने युनान देशमा शिवलिंगलाई फल्लूस नामबाट पुकार गर्ने चलन थियो । यसै प्रकार इरान देशमा ज्वाला शिवलिंगको पूजा हुनु , संयुक्त राज्य अमेरिकाको टाँसी शहरमा शिवलिंगलाई धनलिंग भनिनु तथा दक्षिण अमेरिकाको ब्राजिल भूभागमा शिव स्मरण चिन्हका भग्नावशेष प्राप्त हुनुले शिव परमात्माको प्रकाश स्वरुपले विश्व मान्यता पाएको प्रमाणीत हुन्छ । अध्ययन गर्दैजादा संसार भरिका अन्य देश तथा शहरहरुमा विभिन्न भाषा अनुसार नामाकरण गरिएका शिवलिंग प्रतिमाले शिवको सर्वोपरि स्थानलाई मुक्त कण्ठले पुष्ठी गर्दछन । यस पक्षमा प्रसिद्ध इतिहासकार तथा सोधकर्ता हट्टनकर्नल टाँड (Tod) ले गरेका अनुसन्धान तथा प्रकाशनहरूबाट शिव परमात्माको विश्वव्यापी रूपमा सर्व स्वीकार्य छवीको पुष्टी हुन्छ ।

उल्लेखित जानकारीहरलाई निष्पक्षरुपमा तथा सत्य न्यायिक हिसाबले स्वीकार गर्ने हो भने शिवरात्रि पर्व केवल सनातनी सम्प्रदाय वा हिन्दु अनुयायीको मात्रै नभएर संसारका सम्पूर्ण मानव जाति, धर्म, मान्यता र संस्कृतिका व्यक्तिहरुको पनि उत्तिकै महत्व र आस्थाको पर्व हो भन्नुमा आपत्ति नहोला । स्वच्छ विवेकको आँखाले हेर्दा तथा मनन चिन्तनको गहिराईमा गएर अनुभव गर्दा परमात्माको दिव्य ज्योति स्वरुपलाई सबैको हृदयले श्रद्धासाथ स्वीकार गर्छ नै । तर वर्तमान प्रचलनमा जुन हिसाबले शिवरात्रि पर्वलाई मनाउने गरिन्छ वा त्यस विषयमा केवल आख्यान, उपाख्यानलाई र कथावस्तु वर्णन गरिन्छन् त्यत्तिले मात्रै शिव परमात्माको विश्व कल्याणको महान कत्र्तव्यको गुणगाथा, गौरव र महीमाालाई जनमानसमा प्रभावकारी र लाभकारीरूपमा प्रवाह गर्न सकिदैन । त्यसका लागि परम्परागत रीति रिवाजको तथा कथावस्तुको शब्दार्थ भन्दा पनि भावार्थ र सत्यार्थलाई जान्ने र बुझ्ने कोसीसयौं भने शिवरात्रि पर्वले मानवको सोच, चेतना, वचन, कर्म र व्यवहारमा नयाँ मोड दिनेछ ।

शिव बुट्टीका नाममा सेवन गरिने तथाकथित चरेश, भाग धतुरो जस्ता हानिकार सेवनबाट समाज र साधु समुह समेत मुक्त हुनेछ । वास्तवमा नराम्रा स्वभाव, संस्कार बानीव्योहोरा, लत कुलत, कुकृतबाट स्वयम्लाई दृढ मनोवलकासाथ बचाउनु नै व्रत हो । आत्म विभोर तथा परमात्माको प्यारमा तल्लीन भएर परमात्मा शिवको सानिध्यको अनुभूति गर्नु नै उपवास, प्रभुको सानिध्य प्राप्तहुनु हो भने सदा ज्ञान योगमा सचेत रही काम, क्रोधादि विकारको आक्रमणलाई परास्त गर्न सक्नु ज्ञानबाट अज्ञानलाई नाश गर्नु नै जागरण वा जागृति हो । यी सोच र मान्यताका आधारमा शिवरात्रि पर्वको मर्म र मान्यतालाई आचरणबद्ध गर्न सके समाज, देश तथा विश्वमा सुख, शान्ति र अमन चयनको नयाँ युगको थालिनी हुनेछ ।

मौजुदा प्राकृतिक विपदाको कहर, कोभिड जस्तो महामारी रोगको विश्वव्यापी संक्रमण महाभारी महायुद्धको बर्बरता आदिले ग्रस्त यस विकट घडीमा पुनः परमात्मा शिवको प्रजापिता ब्रह्मा (नन्दीगण) को मानवीय कायामा प्रविष्ट भई विगत ८६ बर्ष देखि विश्व परिवर्तनको दिव्यकार्य चलिरहेको छ । भाग्यविधाता, वरदाता परमात्मा शिव बाबाले हाम्रो लागि स्वर्गिक दुनियाँको राज्य भाग्य ईश्वरीय उपहारका रूपमा ल्याउनु भएको छ । यस ईश्वरी बपौति सम्पतिमा सबै धर्म, जाति, रंग, लिंग, धनी, गरिब वा मान्यताका नरनारलिाई समान अधिकार छ । तर त्यस उपहारको योग्य पात्र बन्न भने प्रत्येकले पवित्र र राजयोगी बन्नु जरूरी छ । यसका लागि ब्रह्मकुमारी मिसनको विश्वव्यापी कार्य विगत ८६ वर्ष देखि मानव सेवामा समर्पित छ । अतः यस वर्षको महाशिवरात्रि पर्वमा यस रहस्य र सत्य प्रति अनुशीलनका साथ जागृत हुन सम्पूर्ण पाठक वर्गमा हार्दिक आह्वान छ । यो आह्वान व्यक्तिगत पहिचान वा संस्थाको प्रचार प्रसारका वा नामाचारको हिसाबले नभएर शुभचिन्तक र मित्रवत भावना राखी परमात्माबाट प्राप्त भईरहेको अमूल्य ईश्वरीय वपौती सम्पतिको हकदार बन्नुहोस् र लाभान्वित हुनुहोस् भन्ने शुभेच्छा सहितको कृतज्ञता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?