बाक्लियो नेपाली चलचित्रमा चहलपहल : भदौ २४ मा ‘राधा’ आउने

लोकपथ
196
Shares

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘द सेक्रेट अफ राधा’को प्रदर्शन मिति तय छ । आगामी वर्षको भदौ २४ गतेबाट देशभरका हलमा उक्त चलचित्र प्रदर्शन गरिने भएको हो ।

कोरोना महामारीको तेस्रो लहर कम हुँदै गएपछि यतिबेला नेपाली चलचित्रमा समेत चहलपहल बाक्लिएको छ । यसैबीच निर्माताहरूले आफ्ना चलचित्रको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् ।

‘म यस्तो गीत गाउँछु २’ले हलमा दर्शक तान्न सफल भएपछि उत्साहित बनेका निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्दै प्रचार पनि सुरु गरेका छन् ।

यसअघि चलचित्र ‘पानी फोटो’ले आफ्नो प्रदर्शन मिति तोकेको थियो । पानी फोटो रिलिज भएको दुई सातापछि द सेक्रेट अफ राधा रिलिज हुनेछ ।

त्यसैगरी सुवर्णले नै निर्देशन गरेको अर्को चलचित्र ‘म’को प्रदर्शन मिति जेठलाई तोकिएको छ ।

काठमाडौं र चित्लाङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको द सेक्रेट अफ राधालाई निर्देशक सुवर्ण र अभिनेता सौगात मल्लले निर्माण गरेका हुन् ।

चलचित्रमा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा रहेका छन् । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा कालीप्रसाद बास्कोटाको सङ्गीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?