काठमाडौं । आज हिन्दुहरुको महान चाड महाशिवरात्रि । देशभरका विभिन्न मठमन्दिरमा आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाआराधना गर्छन् ।
हिन्दुहरुको महत्वपूर्ण धार्मिकस्थल मानिने पशुपतिनाथ मन्दिर क्षेत्रमा यस पर्वको छुट्टै उल्लास हुने गर्दछ । छिमेकी राष्ट्र भारतबाट सैयौँको सङ्ख्यामा तीर्थालुहरु भित्रेका छन् । योगी, सन्त, बाबाहरुको घुइँचो लागेको छ ।
हेर्नुहोस् पशुपतिनाथमा शिवरात्रिको चहलपहल :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया