कर्णाली प्रदेशमा ७१ प्रतिशत महिला उद्यमशीलता हुनु राम्रो  ः मन्त्री बुढा

– युवराज पंगाली

सुर्खेत । स्थानीय स्तरमा पाइने स्रोत साधनको उपयोग गरी सञ्चालनमा आएका उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने उद्योग, वन, पर्यटन मन्त्री नन्दसिंह बुढाले बताएका छन् ।

कर्णाली प्रदेश अन्तर्गतका लघु उद्यमीहरुका चुनौती  र अवसर विषयक गोष्ठी तथा डिजिटल सूचना व्यवस्थापन प्रणाली विषयक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

राष्ट्रिय लघु उद्यमी महासंघ कर्णाली प्रदेशको आयोजना तथा, लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग भएको कार्यक्रममा मन्त्री बुढाले सौगात गृह निर्माणका लागि ५० लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको बताए । 

कर्णाली प्रदेशमा ७१ प्रतिशत महिला उद्यमशीलता हुनु राम्रो भएको उनले बताए । स्थानीय स्तरमा पाइन स्रोत साधनको उपयोग गरि सञ्चालनमा आएका उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । 

कर्णाली प्रदेश सरकारले महिलाहरुलाई लक्षित गरि स्वरोजगार बनाउनका लागि औद्योगिक ग्राम स्थापना गर्ने बताए । 

समृद्ध कर्णाली प्रदेश बनाउनका लागि लघु उद्यमीहरुको भूमिका अतुलनिय हुने भएकाले सरकारले आवश्यक आर्थिक अनुदान सहयोग गर्ने बताए । आम नागरिकलाई स्वाभलम्बी बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने बताए । 

कार्यक्रममा कर्णाली प्रदेश उद्योग बाणिज्य महासंघका प्रदेश अध्यक्ष पदम शाही, राष्ट्रिय लघु उद्यमी महासंघ कर्णाली प्रदेश अध्यक्ष कवीराज खत्री, सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बासुदेव शर्मा, घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष रामकृष्ण लामिछानेलगायत कर्णाली प्रदेशभरीका उद्यमीहरुको सहभागिता थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?