अर्जेन्टिना नकआउट चरणमा प्रवेश, नाइजेरिया बाहिरियो

रसिया। अर्जेन्टिना जारी फिफा विश्वकप अन्तर्गत समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । 

सेन्टपिटर्सबग स्टेडिममा मंगलबारराति सम्पन्न भएको समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालई २—१ गोल अन्तरले पराजित गर्दै प्रि—क्वाटरफाइनलको यात्रा तय गरेको हो । समूह तालिकामा ४ अंक बनाएको अर्जेन्टिना उपविजेता तथा ९ अंक जोडेको क्रोएसिया समूह विजेता बनेको हो ।

खेल सुरु भएको १४ मिनेट पनि बित्न नपाउदै अर्जेन्टिनाका लागी लियोनल मेस्सीले पहिलो गोल गर्दै टिमलाई सरुवाती अग्रता दिलाएका थिए । प्रतियोगितामा आलोचित भोगिरहेका मेस्सीले जारी विश्वकपमा पहिलो गोल गर्न सफल भएका हुन् । 

खेलको पहिलो हाफसम्म १—० गोल अन्तरले पछाडी रहेको नाइजेरियाका लागी ४९ औं मिनेटमा जाभियर मार्सिरानोले डिबक्स भित्र फल गरेपछि नाइजेरियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई भिक्टर मोसेसले सदुपयोग गर्दै गोल गरे र खेललाई १—१ को स्थितीमा ल्याए ।

त्यस्तै, ८६ औ मिनेटमा मार्कोस रोजोले उत्कृष्ट गोल गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा थप गोल भएन र खेल अर्जेन्टिनाले जित्यो । 

त्यस्तै, मंगलबारराति नै भएको अर्को खेलमा क्रोएसियाले आईसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफसमम दुवै टिम गोलरहित बराबरीमा रोकिएको थिए । खेलको ५३ औ मिनेटमा क्रोएसियाका मिलन बादलेजले पहिलो गोल गरे । यता ७६ औं मिनेटमा सिगरशनले बराबरी गोल फर्काए । ९० औं मिनेटमा क्रोएसियाका लागि इभान पर्सीले गोल गरे र खेल क्रोएसियाले २—१ ले जित्यो ।

अब क्वार्टरफाइन प्रवेशको लागि क्रोएसियाले समूह ‘सी’  को उपविजेता डेनमार्कको तथा अर्जेन्टिनाले समूह ‘सी’  को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?