साउन १ गतेदेखि पूँजीबजारमा अनलार्इन प्रणाली लागु हुँदै

काठमाडौं : नेपालको पूँजीबजारमा साउन १ गतेदेखि अनलार्इन प्रणाली लागु गरिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ। 

पूँजीबजार लगानीकर्ता संघले अायोजना गरेको कार्यक्रममा नेप्सेका कार्यकारी चन्द्रशिंह साउदले लगानीकर्तालार्इ सुरक्षित लगानी गराउन नयाँ अार्थिक बर्षको शुरूको दिनदेखि नै अनलार्इन प्रणाली कार्यान्वयन गरार्इछाड्ने बताएका हुन् । 

देशका ७७ वटै जिल्लाबाट धितोपत्र कारोबार गर्नसक्नेगरि अनलार्इन प्रणाली लागु गर्न नेप्सेले तयारी गरिरहेको छ । पूर्ण रूपमा अनलार्इन प्रणाली सवैतिर लागु नहोउन्जेल हालकै प्रणालीबाट पनि शेयर कारोबार गर्न सकिने साउदले बताए । 'जसरी पनि' साउन १ गतेदेखि नै अनलार्इन प्रणाली कार्यान्वयन गरिछाड्ने उनले दाबी गरेका छन् । 

अनलार्इन प्रणाली सञ्चालन गर्न ब्रोकर कम्पनीहरूलार्इ हार्डवेयरको समस्या नपर्ने नेप्सेले जनाएको छ । हार्डवेयर किन्न सक्ने ब्रोकर कम्पनीले अाफैंले खरिद गरेर प्रणाली सञ्चालन गर्नसक्ने र उपकरण खरिद गर्न नसक्नेले मासिक भुक्तानीमार्फत डाटा सेन्टरबाट सुविधा लिन सक्ने नेप्सेका कार्यकारी अधिकृत साउदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?