मोदी र जेटलीले आफूलाई फसाएको भगौडा व्यापारी माल्याको आरोप

एजेन्सी  : भगौडा भारतीय व्यापारी विजय माल्याले प्रकान्तरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री अरूण जेटलीले आफूलाई वित्तीय मामिलामा फसाएको आरोप लगाएका छन् ।

उनले दुई वर्ष अघि मोदी र जेटलीलाई यो विवाद सुल्झाउन सहयोग गर्न गरेको आग्रह सहितको पत्र सार्वजनिक गरेका छन् ।

पत्र सार्वजनिक गर्दै उनले आफू बैंक डिफल्टरको पर्याय (पोस्टर बोइ) बनेको दुखेसो पोखे ।

मदिरा व्यवसायीको रूपमा चिनिएका माल्याले १५ अप्रिल २०१६मा प्रधानमन्त्री मोदी र अर्थमन्त्री जेटलीलाई पत्र लेखेको र त्यो पत्र आफ्नो पक्ष प्रस्तुत गर्न पाउने आग्रह गरेका थिए ।

तर मोदी र जेटलीबाट त्यो पत्रको कुनै जवाफ आएन । आफूलाई बैंक डिफल्टरको पोस्टर बोइ बनाइएको र आम मानिसको क्रोध भडकाउन मलाई प्रयोग गर्ने गरिएको उनले आरोप लगाए ।

माल्याबाट असुल उपर गर्नुपर्ने विभिन्न बैंकका गरी ९० खर्ब भारु वक्यौता रहेको छ । यो रकम भुक्तानी नगरी माल्या बेलायतमा बसिरहेका छन् ।

माल्यालाई भारतमा ल्याउन सुपुर्दगीसम्बन्धी मुद्दा अदालतमा जारी छ ।यो प्रक्रिया शुरू भएयता माल्याले लामो समयपछि दिएको यो पहिलो अभिव्यक्ति हो ।

सरकार र बैंकहरूले आफू विरूद्ध झूठा आरोप लगाएको भन्दै उनले भने “ नेताहरू र मिडिया दुबैले चोरीको आरोपित र किंगफिसर एयरलाइन्सलाई दिइएको ९००० करोड रुपैया बराबरको ऋण लिएर भागेको भगौडा ठहर गर्ने प्रयास भइरहेको छ ।

कतिपय बैंकले त मलाई बैंक डिफल्टरसम्म पनि भनिसकेका छन् ।

केन्द्रीय जाँच ब्युरो सीबाई र सुपुर्दगी निर्देशनालय इडी दुबैले आफू विरूद्ध कतिपय अपुष्ट र झूूठा आरोप लगाई अभियोग पत्र दायर गरेका छन् ।

यो सबै सरकार र बैंकको निर्देशनमा भएको छ ।”

प्रिभेन्सन अफ मनी लन्ड्रिंग एक्ट अन्तर्गत मसँग जोडिएका सबै सम्पत्ति, मेरो व्यवसायिक समूहको सम्पत्ति, र मेरो परिवारको नाममा रहेका र नियन्त्रणमा रहेका कम्पनीका सबै सम्पत्तिलाई जोडिएको छ ।

यो सबैको कुल योग १३ हजार ९सय करोड भारु बराबरको रहेको उनले जनाए ।

आफूले यो विवाद सुल्झाउन खोजेको र बैंकको कर्जा भुक्तानी गर्न चाहेको बताउँदे उनले भने “ मैले यो विवाद सुल्झाउन हरसम्भव प्रयास गरिरहेको छु ।

तर कुनै राजनीतिक उद्देश्य प्रेरित भइ यसमा भाँजो हाल्ने काम भइरहेको छ । बाहिरी तत्वले भाँजो हाल्ने काम गरे भने आफूले यसमा के नै गर्न सक्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?