ट्रम्प पत्नीको ज्याकेटले किन चर्कायो विवाद ?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको पहिरनले फेरि चर्चा पाएको छ ।

यो पहिरनका कारण ट्रम्प पत्नीको सामाजिक सञ्जालमा व्यापक आलोचना गरिएको छ ।

मेलानिया टेक्सासस्थित आप्रवासी बालबालिकाहरूसँग भेट्न त्यहाँको बालकेन्द्र पुगेकी थिइन् ।

तर उनले लगाएको ज्याकेट पछाडि लेखिएका शब्द समूहले उनको आलोचनालाई चर्काएको हो ।

ज्याकेटको पछाडि साँच्चि मलाई तपाईको बारेमा केही चासो छैन , तपाईलाई छ र ? भन्ने भाव जनाउने शब्द समूह ‘ आई रियली डउन्ट केयर, डू यू ?’ लेखिएको थियो ।

पूर्व मोडेल रहेकी मेलानियाको ज्याकेटमा लेखिएको यो शब्द समूहले कुनै सन्देश दिने खालको विषय जनाएको उनकी प्रवक्ताले जनाएकी छिन् ।

जाराको ३९ अमेरिकी डलर बराबरको यो ज्याकेटले सामाजिक सञ्जालमा आलोचना खेपेपछि  यसको बचाउमा राष्ट्रपति ट्रम्प आउनु पर्ने भयो ।

ट्रम्पले ज्याकेटमा उल्लेख गरिएको त्यो शब्द समूह फेक न्युज मिडियाका लागि रहेको  ट्विटे ।

उनले भने “मेलानियालाई फेक न्युज मिडियाको बारेमा थाहा भयो र उनीहरू कत्तिको बेइमान हो त्यसबारे थाहा पाएपछि मेलानियाले फेक न्युजबारे ध्यान दिँदिनन् ।”

मेलानियाले सहानुभूति प्रदर्शन गर्न खोजेको कार्य त्यो ज्याकेटले ध्वस्त पारेको देखिएको छ । अमेरिकी आप्रवासी कानुन अन्तर्गत अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने परिवारका बालबालिकाहरूलाई तिनका आमाबाबुबाट अलग राख्ने प्रावधान रहेको छ ।

त्यस कारण धेरै बालबालिकालाई बालकेन्द्रमा राखेर तिनका आमाबाबुलाई अर्को जेलमा राख्ने गरिएको थियो ।

मानवीय आधारमा यो गलत भएको भन्दै मानवअधिकारकर्मीहरूले आवाज उठाउँदा मेलानियाले पनि त्यसमा समर्थन जनाएकी थिइन् ।

त्यसपछि ट्रम्पले यो कानुनमा केही सुधार गरी उनीहरूलाई राहत उपलब्ध गराएका थिए ।

यसक्रममा मेलानियाको प्रदर्शित मानवीयता ज्याकेटको त्यो कथनले समाप्त पारि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?