एजेन्सी : भारत महिलाहरूका लागि दुनियाकै सबैभन्दा खÞतरनाक देश भएको हालै सार्वजनिक एक प्रतिवेदनले जनाएको छ ।
मंगलवार जारी ग्लोबल एक्सपोर्टको एक मतसर्वेक्षण परिणामबाट यो जानकारी सार्वजनिक भएको हो ।
यौन हिंसा र महिलालाई नोकर्नी बनाउने कार्यमा भारत सबैभन्दा अगाडि रहेको सो प्रतिवेदनमा जनाइएको छ ।
थम्सन राइटर्स फाउन्डेसनको तर्फबाट महिला मुद्दामा काम गर्ने ५५० महिला विशेषज्ञहरूले यो मतसर्वेक्षणमा काम गरेकी थिइन् ।
महिलाको सुरक्षाको सवालमा भारत युद्धग्रस्त अफगानिस्तान र सिरिया भन्दा पनि पछाडि रहेको देखिएको छ ।
भारत पछि अफगानिस्तान र त्यसपछि सिरिया रहेको छ । त्यसपछि सोमालिया र साउदी अरब रहेको छ ।
महिलासम्बन्धी यो परिणामलाई भारतको राष्ट्रिय महिला आयोगले खारिज गरेको छ ।
आयोग अध्यक्ष रेखा शर्माले यो सर्वेक्षणमा धेरै थोरैको सहभागीता रहेकोले यसबाट भारतको सही आँकलन गर्न नसकिने बताइन् ।
भारतकी महिलाहरूमा धेरै जागरूकता भएकाले भारत सबै भन्दा खतरनाक देश हुन सक्ने विषय विश्वसनीय नरहेको उनले दाबी गरिन् ।
जुन देशका महिलाहरूलाई सार्वजनिक रूपमा बोल्न पाउने अधिकारसम्म छैन त्यस्तालाई भारत पछिको खतरनाक भनिएकोमा उनको आपत्ति रहेको छ ।
तर भारतको महिला तथा बाल विकास मन्त्रालयले यो नतिजाप्रति टिप्पणी गर्न अस्वीकार गरेको छ ।
तर कांग्रेस पार्टी अध्यक्ष राहुल गाँधीले यो प्रतिवेदन सोसल मिडियामा सेयर गरेका छन् ।
प्रधानमन्त्रीको आलोचना गर्दै राहुलले भने “हाम्रा प्रधानमन्त्री योगका भिडियो बनाउनमा व्यस्त हुनुहुन्छ ।अर्कोतर्फ महिलाको अवस्था अफगानिस्तान र सिरिया र साउदी अरब भन्दा बढी खराब भएको विषय धेरै शर्मको विषय छ ।”
यो लिस्टमा अमेरिका ५०औं नम्बरमा छ भने पाकिस्तान ९औं नम्बरमा छ ।
थम्सन राइटर्स फाउन्डेसनले यस्तो सर्वेक्षण सन् २०११मा गरेको थियो ।
त्यतिखेर अफगानिस्तान, कंगो , पकिस्तान, भारत र सोमालिया सबैभन्दा बढी खरनाक थियो । त्यतिखेर भारत पहिलो नम्बरमा थिएन् ।
महिलाको तस्करीमा भारत, लिबिया र म्यानमार सबैभन्दा बढी हुने देशमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया