एजेन्सी :मानिसहरूले अन्तरिक्षमा मानिसजस्तो कुनै जन्तु (एलियन)को खोजी वर्षौदेखि गरिरहेका छन् । वैज्ञानिकहरूले धरतीबाट रेडियो तरङ पठाएर एलियनहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन् ।
तर हालसम्म एलियनबाट कुनै किसिमको सन्देश पठाइएको पाइएको छैन् ।
एलियनले मानिसहरूले पठाएको सन्देशको जवाफ किन दिँदैनन् ।
उनीहरू छन् कि छैनन् जस्ता प्रश्नको जवाफका लागि ख्यातिप्राप्त भौतिक वैज्ञानिक एनरिको फर्मीले सन् १९५०मा आफ्ना सहकर्मीसँग छलफल गरेका थिए ।
ब्रह्माण्डमा मानिसजस्तो अन्य कुनै बुद्धिमान सभ्यता अन्य ग्रहहरूमा हुन सक्ने फर्मीको अनुमान थियो । तर एलियनको कुनै जानकारी र सम्पर्क हुन नसकेको विषयबीचको अन्तरविरोधलाई फर्मी प्याराडक्स भनिन्छ ।
सर्च फर एक्स्ट्राटेरिस्ट्रियल इन्टेलिजेन्स(सेटी) नामक संस्थाले यो प्रश्नको जवाफ खोजिरहेको छ ।
पृथ्वी रहेको आकाशगंगामा कम्तीमा १ खर्ब ताराहरू छन् । फर्मी प्याराडक्ससम्बन्धी अक्सफोर्ड विश्वविद्यालयका तीन प्रााज्ञहरूले हालैमा यसको पुनःमूल्यांकन गरेका छन् ।
उनीहरूले गरेको यो अध्ययनलाई डिजल्भिंग द फर्मी प्याराडक्स नाम दिएका छन् ।यो अध्ययनको आधारमा ब्रह्माण्डमा मानिस नै एक्लो बुद्धिमान प्राणी हो भन्ने निष्कर्षको सम्भावना धेरै छ ।
यसले एलियनका अस्तित्वलाई अस्वीकार गरेको छ ।
यो अध्ययनमा सहभागी तीन विशेषज्ञहरूमा अक्सफोर्ड विश्वविद्यालयका फ्युचर अफ ह्युमानिटी इन्स्टिच्युटका अनुसन्धानकर्ता एन्डर्स स्यान्डबर्ग ,न्यानोटेक्नलजिको अवधारणाका लागि लोकप्रिय एरिक ड्रेक्सलर र दर्शनशास्त्रका प्रोफेस टाडआर्ड सहभगी थिए ।
यो नयाँ अध्ययनमा फर्मी प्याराडम्सको गणीतीय आधारमा विश्लेषणा गरियो ।
जसलाई ड्रेक समीकरण भनिन्छ । यो समीकरणको प्रयोग गरी जीवन हुन सक्ने सम्भावित ठाउँको सूची निर्माण गरिन्छ ।
अध्ययनबाट ३९ प्रतिशतदेखि ८५ प्रतिशत सम्भावना ब्रह्मानण्डमा मानिस नै एक्लो बुद्धिमान प्राणी भएको देखिन्छ ।
यो प्रतिवेदनले एक्लो बुद्धिमान मानिस नै भएपनि भविष्यमा कुनै जन्तु फेला परे त्यसमा आश्चर्य मान्नु पर्ने कारण भने केही छैन् ।
साथै यो प्रतिवेदनका लेखकहरूले एलियनको खोजी भने जारी राख्नुपर्नेमा जोड दिए । किनभने फर्मी प्याराडक्सको हल गर्न भने त्यति सजिलो भने छ्रैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया