ताप्लेजुङको गुप्तेश्वर माविका प्रधानाध्यापक दाहाल बेपत्ता

ताप्लेजुङ – अाठरार्इ गाउँपालिका-२ स्थित गुप्तेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक मदनकुमार दाहाल मंगलबारदेखि सम्पर्कविहिन भएका छन् । जिल्ला शिक्षक संगठन, ताप्लेजुङका सचिवसमेत रहेका दाहाल मंगलबार बिहान विद्यालय जान भनि निस्केपनि हालसम्म कसैको सम्पर्कमा अाएका छैनन् । 

दाहालको मोबार्इल पनि स्वीच अफ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दाहालका परिवार काठमाडाैंमा बस्दै अाएका छन् । 

विद्यालय जाने भनि निस्किएका दाहालले मंगलबार बिहान मेवाखाको एक होटलमा खाना खाएका थिए । १ घण्टाको पैदलयात्रा गरेपछि पुगिने विद्यालयमा प्रधानाध्यापक दाहाल नअाएपछि मंगलबार डाकिएको विद्यालय व्यवस्थापन समितीको बैठक समेत प्रभावित भएको छ । 

दाहालको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?