अमेरिकी विशेषदूत भारतमा

एजेन्सी : संयुक्त राष्ट्रसंघमा अमेरिकाकी विशेषदूत निकी हेली तीन दिवसीय  भ्रमणमा भारत पुगेकी छिन् ।

भारतीय मूलकी अमेरिकी प्रशासनमा सबैभन्दा उच्च पदमा पुगेकी हेली  पहिलो महिला छिन् ।

सिख परिवारबाट सम्बन्ध राख्ने हेलीका परिवार भारतको अम्बालाबाट अमेरिका पुगेको थियो ।

४६ वर्षीया हेलीका भारत भ्रमणबारे धेरै जानकारी नदिइएपनि यो भ्रमण धेरै महत्वपूर्ण हुन सक्ने देखिएको छ ।

भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटने अपेक्षा गरिएको छ ।

हेली राष्ट्रसंघकका लागि अमेरिकी राजदूत छिन् । भारत उनको क्षेत्राधिकार भित्र पर्दैन त्यसैले यो भ्रमण शिष्टाचार भ्रमणकै रूपमा रहने देखिएको छ ।

भारत र अमेरिकाबीच आयात शूल्कमा बृद्धि, भीसा र आप्रवासीसम्बन्धी विषय चर्का विषय छन् ।

भ्रमणको क्रममा हेलीले यस्ता विषयलाई सुल्झाउन प्रयास गर्न सक्ने अपेक्ष गरिएको छ ।

अमेरिकी भिसासम्बन्धी विषय भारतलाई समस्यामा पारेको छ ।अमेरिकामा नोकरी गर्नेका जीवनसाथले नोकरी गर्न नपाउने प्रावधान लगाइएको छ ।

साथै भारतीयलाई अमेरिका जान पहिलेजस्तो सजिलो छैन् ।

यी विषयमा उनको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ । रिपब्लिकन पार्टीमा हेलीलाई उदीयमान महिलाको रूपमा लिइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?