एजेन्सी:भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था गृहमन्त्रालयले बढाइदिएपछि मोदीसँग भेट्न पूर्व अनुमति आवश्यक हुने भएको छ ।
मोदी भेट्न एसपीजीको इजाजत आवश्यक हुने भएको छ ।
मोदीको सुरक्षामा खटिएको स्पेशल प्रोटक्शन ग्रुपलाई सुरक्षामा खटाएर गृहमन्त्रालयलले एक सुरक्षा निर्देश जारी गरेको हो ।
भारतका माओवादीबाट प्रधानमन्त्रीको हत्या गर्ने षयन्त्रको खुलासा भएयता उनको सुरक्षा व्यवस्थ बढाइएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, केन्द्रीय गृह सचिव राजीबा गाबा र गुप्तचर ब्युरोका निर्देशक राजीब जैनको सहभागीतामा गृहमन्त्री राजनाथ सिंहले आयोजना गरेको सुरक्षा बैठकमा यस्तो निर्णय लिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया