एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल बनाउने काम पूरा गर्न आवश्यक कोष जुटाउन अमेरिकी सांसदलाई आग्रह गर्ने जनाएका छन् ।
रिपब्लिक सांसदहरूका अगाडि आयोजित प्रेस सम्मेलनमा ट्रम्पले यस्तो बताएका हुन् ।
ट्रम्पको चुनावी अभियानको मुख्य एजेन्डा मेक्सिको र अमेरिकाबीचको सीममा पर्खाल खडा गर्नु रहेको छ ।
सो पर्खाल बनाउन २५ अर्ब डलर बराबरको प्रस्तावमा अमेरिकाको प्रतिनिधिसभामा मतदान हुने भएको छ ।
यो आफ्नो चुनावी मुद्दा भएकोले यसलाई पूरा गर्न उनको विशेष जोड रहेको देखिन्छ ।
तर यो विधेयकले उनको पार्टी भित्रका कन्जरभेटिभ र सुधारवादीबीचको विवाद चर्काउने हो वा खाडल पुर्न पुलको काम गर्ने त्यो हेर्न भने बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया