इरानसँग तेल नकिन्न अमेरिकाको चेतावनी

एजेन्सी : अमेरिकाले इरानसँग ४नोभेम्बरसम्म कच्चा तेलको आयातमा रोक लगाउन देशहरूलाई आग्रह गरेको छ ।

४ नोभेम्बर पछि इरानसँग तेल किन्ने काम जारी राखे  नयाँ आर्थिक नाकाबन्दी लगाउने अमेरिकाले चेतावनी दिएको हो ।

अमेरिकी विदेश विभागका  बरिष्ठ अधिकारीका अनुसार  यो मामिलामा अमेरिकाले कसैलाई छुट दिने छ्रैन् ।

इरानलाई घरोबन्दीमा पार्ने अमेरिकाको पहिलो राष्ट्रिय सुरक्षा प्राथमिकता रहेको छ ।

तर यसबाट भारत प्रभावित नहुने अपेक्षा गरिएको छ ।

यसका लागि युरोपियन युनियनले अमेरिकालाई नसघाएसम्म आर्थिक नाकाबन्दीले असर नगर्ने देखिएको छ । इरानको तेल आपूर्तिको भुक्तानी भारतले युरोमा गर्ने गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?