रसिया । जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज राति हुने समूह ‘एफ’ को खेलमा दक्षिण कोरियाले पूर्व विश्व विजेता जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ ।
यि दुई टिमविचको खेल काजान स्टेडियममा नेपाली समय अनुसार ७ः४५ बजेपछि सुरु हुँदैछ । एक खेलमा जित र एकमा हार व्यर्होरेको जर्मनीले ३ अंक मात्र जोडेको छ । दुवै खेलमा पराजित भएको दक्षिण कारिया भने अंक विहिन छ । समूह ‘एफ’ मा मेक्सिको ६ अंकसहित शीर्ष स्थानमा छ ।
आज साँझको खेलमा कोरियालाई दबावमा राख्दै जित दर्ता गराउने जर्मनीको मनोस्थिती रहेको छ । पहिलो खेलमै मेक्सिकोसँग पराजित भएपछि उपाधि रक्षाको अभियानमा रहेको जर्मनीलाई सुरुमै झड्का लाग्यो । दोस्रो खेलमा स्वीडेनलाई २–१ गोलले हराउँदै जर्मनीले प्रतियोगितामा पुनरागमन गरेको थियो ।
विश्वकपको नकआउट चरणमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव रहेको छ । समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग १—० ले पराजित भएको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २—१ ले हराएको थियो ।
आजको अन्तिम खेलमा कोरियालाई पराजित गरेर मात्र जर्मनी नकआउट चरणमा पुग्दैन । अर्को खेलमा मेक्सिकोले स्वीडेनलाई हराउनु वा बराबरी खेल्नुपर्छ ।
अर्कोतर्फ कोरियाले जर्मनीलाई दुई वा त्यो भन्दा बढी गोलअन्तरले हराएमा र मेक्सिकोले स्वीडेनलाई पराजित गरेमा कोरिया पनि नकाउट चरणमा पुग्नेछ । जुन सम्भावना निकै न्युन छ । त्यस्तै स्वीडेनले मेक्सिकोलाई हराएमा र जर्मनी कोरियासँग पराजित वा बराबरीमा रोकिएमा स्वीडेनको सम्भावना पनि छ ।
त्यसैले आज रातिको खेल जर्मनी र दक्षिण कोरिया दुवैका लागि महत्वपूर्ण छ । विश्वकप इतिहासमा जर्मनी र दक्षिण कोरिया अहिलेसम्म पाँच पटक आमने—सामने भएका छन् जसमा पाँचै खेल जर्मनीले जितेको थियो ।
त्यस्तै, आजैं राति हुने अर्को खेलमा मेक्सिकोले स्विडेनको सामना गर्दैछ । यि दुई टिमविचको खेल एकाटेरिङबर्ग ऐरिनामा नेपाली समय अनुसार ७ः४५ बजेपछि सुरु हुँदैछ । स्विडेनलाई पराजित गर्न सकेमा मेक्सिको ९ अंक बनाउँदै समूह विजेता बन्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया