नकआउट चरण प्रवेशको प्रतिस्पर्धा, ब्राजिलको नजर समूह विजेता बन्ने

रसिया। २१ औं संस्करणको फिफा विश्वकको समूह चरणको अन्तिम खेलमा आज राति उपाधि दौडमा रहेको ब्राजिलले सर्बियाको सामना गर्दैछ । 

समूह ‘इ’ मा रहेको ब्राजिल र सर्बियाविचको खेल मस्कोस्थित स्पार्टक स्टेडियममा आज राति नेपाली समय अनुसार ११ः४५ बजेपछि सुरु हुँदैछ । आजको खेलमा ब्राजिलले सर्बियालाई खेल अबधिभर दबावमा राख्दै जित निकाल्ने रणनितिका साथ मैदानमा उत्रदैछ । यता एक खेलमा जित र  एकमा बराबरी खेलेको सर्बिया ब्राजिलमाथि जित दर्ता गराउँदै नकआउट चरणमा प्रवेश गर्न चाहन्छ ।

समूह चरणको पहिलो खेलमा स्विट्जरल्याण्डसँग १—१ को बराबरी गरेको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई २—० गोल अन्तरले हराउँदै ४ अंक बनाएको थियो । सर्बियाले पहिलो खेलमा कोस्टारिकामाथि १—० को जित दर्ता गराएको थियो भने दोस्रो खेलमा स्विट्जरल्याण्डसँग २—१ गोलले पराजित भएको थियो ।

अंक विहिन कोस्टारिका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ । 

त्यस्तै, आजै राति हुने अर्को खेलमा स्विट्जरल्याण्डले कोस्टारिकाको सामना गर्दैछ । यि दुई टिमविचको खेल निज्नी नोभगोरोड स्टेडियममा हुँदैछ । आजको खेलमा सर्बियाले कोस्टारिकालाई हराए नकआउट चरणमा प्रवेश गर्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?