काठमाडौं। स्व. प्रकाश दहाल स्मृती खुल्ला बक्सिङ प्रतियोगिता आजबाट काठमाडौंमा सुरु भएको छ ।
अखिल नेपाल खेलकुद महासंघको आयोजना तथा नेपाल बक्सिङ संघको तत्वावधानमा सञ्चालन भएको प्रतियोगिताको गृहमन्त्री राम बहादुर थापाले एक कार्यक्रमविच उद्घाटन गरे । गृहमन्त्री थापाले खेलकुदमा युवा खेलाडीहरुको सहभागिताले खेलकुद क्षेत्रलाई चाडैं नै माथि उकास्ने बताए ।
साथै उनले विश्वमा नै चर्चित खेल बक्सिङको नेपालमा पनि धेरै क्रेज रहेको समेत जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ८ समूहमा विभाजन गरि खेल खेलाइरहेको छ । २५ जिल्लाका १ सय ५० जना खेलाडीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको गत मंसिरमा हृदयघातका कारण निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया