रसिया। ब्राजिल समूह ‘इ’ को विजेता बन्दै जारी फिफा विश्वकप फुटबलको प्रि—क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै, स्विट्जरल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले ७ अंक बनाएको छ भने स्वीट्जरल्याण्डको ५ अंक छ ।
स्पार्टक स्टेडियममा बुधबारराति सम्पन्न भएको समूहको अन्तिम खेलमा उपाधि दौडमा रहेको ब्राजिलले सर्वियालाई २—० गोल अन्तरले हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा पाउलिन्होको गोल ब्राजिललाई सुरुवाती अग्रता दिलाए । सर्वियाका डिफेन्डरको गल्तिको फाइदा उठाउँदै उनले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा झन आक्रामक खेल खेल्यो ।
दोस्रो हाफको सुरुमा नै दुई वटा सुन्दर मौका पाएको ब्राजिलका लागि नेयमार र फिलिप कोउटिन्होले मौका खेर फाले । खेलको ६८ औं मिनेटमा ब्राजिलका नेयमारको कर्नरमा थिएगो सिल्भाले उत्कृष्ट हेडर गोल गरे ।
निर्धारित समयसम्म सर्वियाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेल २—० ले हार्यो ।
त्यस्तै, बुधबारराति नै भएको स्विट्जरल्याण्ड र कोस्टारिकाविचको खेल भने २—२ गोलको बराबरीमा सकिएको छ । स्विट्जरल्याण्डका लागी खेलको ३१ औं मिनेटमा डेजिमाली र ८८ औ मिनेटमा डार्मिकले समान १—१ गोल गरे । यता कोस्टारिकाको लागि केन्डल वाटुनले एक गोल गरे ।
खेल सकिनै लाग्दा स्विट्जरल्याण्ड गोलरक्षकले गल्ति गर्दै आत्मघाती गोल गरे । बराबरी गरेपनि कोस्टारिका भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । यता सर्विया पनि प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
अब क्वार्टरफाइनल प्रवेशको लागी ब्राजिलले समूह ‘एफ’ को उपविजेता बनेको मेक्सिकोसँग तथा स्विट्जरल्याण्डले ‘एफ’ को विजेता स्वीडेनको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया