ट्रम्पलाई सर्वोच्चलाई रूढिवादी बनाउन अवसर

एजेन्सी : अमेरिकाको सर्वोच्च अदालतका दोस्रा सबैभन्दा पुराना न्यायाधीश एन्थनी क्यानेडीले सेवा निवृति लिने घोषणाग गरेका छन् ।

यसले गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि सर्वोच्च अदालतलाई रूढिवाद तर्फ डो¥याउन अवसर मिलेको हो ।

ट्रम्पले क्यानेडीको रिक्त हुने स्थानमा उचित विकल्पको खोजी गर्ने बताए ।

८१ वर्षका न्यायाधीश क्यानेडीले ट्रम्पलाई लेखेका पत्रमा जुलाई ३१मा सेवा निवृति  हुने जनाएका छन् ।

९ सदस्यीय सर्वोच्च अदालतका दोस्रा पुराना न्यायाधीश क्यानेडी ३० वर्षसम्म सर्वोच्चमा सेवा गरेका छन् ।

सन् १९८८का तत्कालीन राष्ट्रपति रोनाल्ड रिगनले उनलाई सर्वोच्चका लागि नामांकन गरेका थिए ।

मंगलबार ट्रम्प प्रशासनद्वारा मुस्लिम देशहरूका नागरिकहरूमाथि अमेरिका यात्रामा लगाइएको प्रतिबन्धलाई सही ठहर गर्ने ४ जना न्यायाधीशहरू मध्ये क्यानेडी पनि एक हुन् ।

समलैंिगक अधिकार र महिलालाई गर्भपतन गर्न पाउने अधिकार दिने विषयमा उनको भूमिका रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?