एप्पल र सामसंगले सात वर्ष पुरानो लडाई समाप्त पारे

एजेन्सी : प्रविधि सूचना क्षेत्रका दुई ठूला कम्पनी एप्पल र सामसंगले सात वर्ष पुरानो विशेष विशिष्ट अधिकार (प्याटेन्ट राइट)सम्बन्धी विवादलाईलाई समाप्त पारेका छन् ।

स्मार्टफोनको डिजाइनमा प्याटेन्ट राइटसम्बन्धी कानुनी विवाद यी दुई कम्पनीबीच भइ आएको थियो ।

यी दुई बीच भएको सहमतिका शर्तहरूबारे केही खुलाइएको छैन् ।

अमेरिकी न्यायाधीश मण्डलले सामसंगले एप्पलाई ५३ करोड ९० लाख अमेरिकी डलर बराबरको भुक्तानी गर्नुपर्ने आदेश दिएको एक सातापछि यो विवाद समाधानको समाचार सार्वजनिक भएको हो ।

आइफोनको फिचर सामसंगले चोरेको आरोप लगाउँदै कानुनी लडाइ भइ आएको थियो ।

एप्पलले सन् २०११मा सामसंग माथि २ अर्ब अमेरिकी डलर बराबरको क्षति पु-याएको भनी मुद्दा दायर गरेको थियो ।

सन् २०१२मा क्यालिफोर्निया आधारित अमेरिकी न्यायमण्डलले फिचर चोरेको आरोपमा व्यवसायिक क्षति पु¥याएको भनी १.०५ अर्ब अमेरिकी डलर बराबर रकम एप्पललाई तिर्नुपर्ने फैसला गरेको थियो ।
सन् २०१६मा सर्वोच्च अदालते सामसंगलाई एउटा जीत दिलाएको थियो । यसरी चल्दै आएको यी दुई बीचको प्याटेन्ट राइटको लडाइ समाप्त भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?