बेलायती गाईको मासुमा लगाइएको प्रतिबन्ध चीनले हटायो

एजेन्सी : चीनले बेलायती गाईको मासुमाथि लगाइएको दुई दशक लामो प्रतिबन्धलाई हटाएको छ ।

९०को दशकमा बेलायतमा गाईमा लाग्ने रोग म्याडकाउ फैलिएपछि बेलायती गाईको मासु आयात गर्न चीनमा प्रतिबन्ध लगाइएको थियो ।

आगामी पाँच वर्षमा बेलायतका गाई मासु उत्पादकहरूका लागि यो निर्णयबाट २५ करोड पाउन्ड स्टर्लिंगको व्यापार विकास हुने अपेक्षा गरिएको छ ।

बेलायती र चिनियाा सरकारी अधिकारीहरूले बेलायतका गाई उत्पादन क्षेत्रको वर्षौदेखि निरीक्षण गरी सम्झौतामा पुगेका हुन् ।

यो प्रक्रिया  पूर्णरूपमा कार्यान्वयनमा आउन ३ वर्षको समय लिनेछ ।

एक वर्ष पछि बेलायतले चीनमा खानाकुरा र पिउनेकुराको बिक्री ५६ करोड पाउन्डस्टर्लिंग बराबरको गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?