सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ऐन, नियमको अभावमा काम गर्न समस्या भएको जनाएको छ ।
नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि, ऐनहरु निर्माण नभएपछि काम गर्न समस्या भएको मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।
जस कारण अहिले खानेपानी, सिँचाइ, विद्युत् विकास ऐन बनाउका लागि काम सुरु भएको उनको भनाइ छ ।
आवश्यक ऐन , नियमको अभावमा समस्या आएपछि त्यसलाई निराकरण गर्न तत्काल ऐन नियम बनाउन लागिएको जानकारी दिएका उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको महिना दिन नबित्दै आफ्नो सक्रियता बढाएका हुन् ।
मन्त्री सिंहका अनुसार ४२ करोडको आयोजनाहरू सम्झौता हुन बाँकी रहेको र एक हजार १३७ आयोजनामध्ये ४५० मात्र सम्झौता भएर काम सुरु गरिएको छ ।
३२ करोडको योजना मात्र सम्झौता भएको र उज्यालो कार्यक्रमको बजेट समेत तत्काल कार्यान्वनमा ल्याइने मन्त्री सिंहले कर्णाली प्रदेशसभामा बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया