विषाक्त जाँड-रक्सी पिउँदा धनुषामा ४ जनाको ज्यान गयो

जनकुपर : विषाक्त घरेलु जाँड-रक्सी पिउँदा धनुषाको कमला नगरपालिका-५ लक्कडमा चार जनाको मृत्यु भएको छ । 

स्थानीय एक युवकले बैदेशिक रोजगारीमा जानुअघि मंगलबार राती खसी काटेर भोज दिएको र सोही भोजमा विषाक्त जाँड-रक्सी पिउँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

विषाक्त जाँड-रक्सी पिउँदा स्थानीय ४० बर्षीइ रामनाथ पासवान, ५० बर्षीय रामचन्द्र पासवान, ३० बर्षीय मणी पासवान र ४५ बर्षीय साविर अन्सारीको ज्यान गएको हो । घटनाबारे अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?